पाल्पा जिल्लाबाट बाँके जिल्लामा आई स्थायी वा अस्थायी बसोवास गरेका पाल्पालीहरुको विचमा सहयोग सद्भावना र सौहार्दताको विकास गर्ने उद्देश्यले पाल्पालीहरु एकतावद्ध हुन थालेका छन् ।
बिगतमा पाल्पाली संगमको नामबाट संगठित पाल्पालीहरु अब नयाँ उर्जाका साथ एकतावद्ध भई बैधानिक रुपमै संगठित हुने क्रममा रहेको पाल्पाली संगमका कानूनी सल्लाहकार समेत रहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
यस क्रममा पाल्पालीहरुको भेला शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । भेलाले माधव प्रसाद पोखरेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सचिवमा थानेश्वर पाण्डे, कोषाध्यक्षमा गंगा पोखरेल चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा क्रममा राम प्रसाद पोखरेल, उर्मिला पाण्डे, बिष्णु अर्याल, जनक मगर, बिष्णु पाण्डे र माधव पोखरेल चयन हुनु भएको संयोजक माधव प्रसाद पोखरेलले जानकारी दिए । समितिको कानूनी सल्लाहकारमा अधिवक्ता बसन्त गौतम र शिवलाल पाण्डेलाई चयन गरिएको छ । यस्तै पाल्पाली संगमको तदर्थ समितिको प्रथम बैठकले सल्लाहकारमा समाजसेवी श्याम शाक्य, ज्ञानेन्द्र श्रेष्ठ, कृष्ण आचार्य, कौशल नेपाल, लक्षण पाण्डे र बिष्णु प्रसाद श्रेष्ठलाई मनोनय गरिएको छ ।
जेष्ठ सदस्य डिला प्रसाद पोखरेलको अध्यक्षता र अधिवक्ता बसन्त गौतमले संचालन गरेकोे कार्यक्रममा पाल्पाली संगमका पुर्व अध्यक्ष कृष्ण प्रसाद आचार्य, समाजसेवा लायन लिडर श्याम श्याक्य, ज्ञानेन्द्र श्रेष्ठ, उर्मिला पाण्डे लगायतले पाल्पाली भेटघाट गर्ने सुख दुख बिसाउने र सहयोग सद्भावना बढाउनमा पाल्पाली संगमले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा पुख्यौली घर पाल्पा भई हाल नेपालगन्ज उपमहानगरपालिका ९ नं वडा अध्यक्षमा निर्वाचित गोबिन्द्र रेग्मी र जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
पाल्पालीहरुको भेलाले ६ महिना भित्र संगमको विधान तयार पारि दर्ता गरि, सदस्यता बिस्तार गर्ने र बार्षिक कार्ययोजना बनाई कार्यान्वयन ल्याउने निर्णय गरेको छ ।