हावाहुरीले केरा खेतीमा ठुलो नोक्सानी

बाँके–बर्दियामा शनिबार साँझ आएको हावाहुरी फलफुलमा क्षति पुर्याएको छ । खासगरी केरा खेती गरेका किसानको केरामा हावाहुरीले क्षति पुर्याएको हो । हावाहुरी पछि बर्षात्को अपेक्षा हुने गरेपछि शनिबार अबेरसम्म बर्षात् भएन ।

नेपाल कृषि विकास फार्मको बर्दिया गुलरियास्थित खेरा खेतीमा शनिवारको हावाहुरीले पारेको नोक्सानी

नेपाल कृषि विकास फार्मका प्रमुख देबेन्द्र अधिकारीले बर्दियामा गरिएका केरा खेतीमा ठूलो क्षति पुगेको बताएका छन् । उनले बाँकेमा पनि भएको केरा क्षतिमा क्षति पुगेको सम्भावना व्यक्त गरे ।

‘सब बर्बाद भो, बर्दिया गुलरिुयामा १२ हजार केराका बोट नष्ट भएको जानकारी दिंदै भने, ‘पोहोर साल पनि यस्तै भएर घाटा भयो, यो बर्ष बैकको लोन लिएर खेती विस्तार गरेको थिएँ, बर्बाद भयो ।’ अधिकारीका अनुसार, १० विगाह खेतमा लगाइएको केरा २/४ महिनामा विक्रीका लागि ठिक्क हुँदै थियो ।

३० लाख लगानीमा विस्तार गरिएको केरा खेतीमा आधा जति क्षतिग्रस्त भएको जानकारी दिंदै अधिकारीले विमासमेत यसखालका जोखिममा उन्मुक्ती खोज्दा कामै गर्न नसकिने अवस्था आउने गरेको बताए ।

न्यूनतम तापक्रम नै २९ डिग्री

बाँकेमा न्यूनतम तापक्रम अत्याधिक रुपमा वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार नेपालगन्जको न्यूनतम तापक्रम २९ डिग्री सेल्सियस पुगेको छ ।

विभागका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम शनिबार ४० डिग्री सेल्सियस नाघेको छ । विभागका अनुसार, शनिबार नेपालगन्जको तापक्रम ४०.२ डिग्री सेल्सियस रह्यो ।

प्रतिक्रिया

प्रतिक्रिया