नापीको सर्भरमा आगलागी: कागजातपत्र सुरक्षा चिन्ता

बाँकेको नापी कार्यालय महत्वपूर्ण शाखा सर्भर रुममै आगलागी भएको छ । शनिबार साँझ आगलागीको खबर सहित कागजात सुरक्षाको चासो आम नागरिकले व्यक्त गरेका छन् । यद्यपि, सर्भरको डाटा केन्द्रमा पनि सुरक्षित रहने भएपनि त्यसबारे जिल्लाका अधिकारीहरुले रहे, नरहेको अबेरसम्म पुष्टि गरेका छैनन् ।

नापी कार्याँलय नेपालगन्ज । (फाइल तस्विरः दैनिक नेपालगन्ज)

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नापीमा भएको आगलागीको क्षतिको विवरण संकलन भैरहेको जानकारी दिए । ‘डाटामा क्षति पुगे, नपुगेको एकिन भएको छैन’, उनले भने, ‘अनलाइन डाटा केन्द्रमा पनि रहने भएकाले यहाँ कति क्षति पुग्यो बुझ्दैछौं ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्बर पालले आगलागीको खबर पौने ७ बजे प्रहरीले पाएको र २० मिनेटमै दमकलको सहायताले नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया