नेपालगन्ज बैकर्स क्लबमा नयाँ नेतृत्व

बैंकर्स क्लब नेपालगन्जले शंकर पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरेको छ । सेन्चुरी कमर्सियल बैंकका पौडेल अध्यक्ष रहेको बकर्स क्लब नेपालगन्जमा नेपाल इन्भेष्टमेन्ट बैंकका कृष्णराज जोशी उपाध्यक्ष र एनएमबी बैंकका नविनराज पाण्डे सचिव चयन भएका छन् ।

सहसचिवमा सिद्धार्थ बैंकका किरण रानामगर र कोषाध्यक्षमा कामना सेवा विकास बैंकको शैलेश शर्मा चयन भएको क्लबमा एनआइसी एशियाका नरेश रावल, मञ्जुश्री फाइनान्सका स्नेहा भुषाल, गोर्खाज फाइनान्सका गिरिधर शाही र राष्ट्रिय वाणिज्य बैंकका तेज प्रसाद आचार्य सञ्चालक सदस्य छन् ।

बैंकर्स क्लबको नवचयनित सञ्चालक समितिले क्लबलाई सक्रिय बनाउन बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्ने निर्णय पनि गरेको क्लबका निवर्तमान अध्यक्ष हर्मेश सोनीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया