
बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले मलामी गएका दुई जनाको कपडा भेटिएपनि मानिस नभेटिएको खबर पाएपछि खोजतलास सुरु भएको जानकारी दिएका छन् ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजतलासका लागि फिल्डमा छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘खोजतालास जारी छ ।’











