नेपालगन्जको राजनीतिः अबको बाटो

नेपालगन्ज कुनै समय शिक्षा,स्वाथ्य र व्यापारमा मध्य तथा सुदुरपश्चिकै मुख्य केन्द्रको साथै हरेक राजनीतिक परिवर्तनमा पनि मुख्य भुमिका खेल्दै आएको शहर हो । यहाँको मिश्रित बसोबासले गर्दा यसलाई सद्भावको शहर पनि भन्ने गरिन्छ ।

विगतमा मधेशी हिन्दु समुदायहरुको बर्चस्व भएको नेपालगन्जमा अहिले मुस्लिम र पहाडी समुदायको पनि जनसंख्यामा उल्लेख्य बृद्धि भएको छ । जसको प्रत्यक्ष असर यहाँको राजनीतिक क्षेत्रमा पनि परेको छ ।

सद्भावको शहर भनिएतापनि नेपालगन्ज सधैं साम्प्रदायिक तनावको केन्द्रमा रहने गरेको छ । कहिले हिन्दु–मुस्लिम त कहिले पहाडी मधेशी । २०६२÷०६३को मधेश आन्दोलनले गर्दा यहाँका हिन्दु–मुस्लिम बीच एक खालको एकता देखिए पनि पछि मुस्लिमहरु आफुलाई पहिचानको आधारमा मधेशीबाट अलग भएर मुस्लिम देखाउन खोजेपछि कताकता त्यो एकता खण्डित भएको छ ।

नेपालको तराई–मधेशको राजनीतिमा भारतीय राजनीतिको पनि ठुलो असर भएको देख्न सकिन्छ । भारतको विहार र युपीमा मुलायम सिंह यादव र लालु यादवले चलाएको मुस्लिम यादव गठबन्धनको राजनीतिक असर यतिबेला नेपालको तराई–मधेशको राजनीतिमा सजिलै हेर्न सकिन्छ । नेपालमा मधेशीहरु प्रति गरिने शोषणको मुद्धा उठाएर गरिएको आन्दोलन यतिबेला जातिय राजनीतिमा परिणत भएको छ ।

तराई–मधेशको क्षेत्रीय दलहरुमा अहिले उल्लेख्य रुपमा यादव र मुस्लिमहरु नेतृत्वमा आसिन छन् । जसले गर्दा तराईमा रहेका अन्य जाति समुदाय अहिले आफु कता–कता ठगिएको महसुस गरिरहेका छन् ।

तराई–मधेसमा हिन्दु र मुस्लिम बीचको सम्बन्ध कहिल्यै सुमधुर रहेन । यसको पछाडि पनि कता–कता भारतीय राजनीतिक प्रभावले असर पारेको छ । भारतमा मुस्लिम र हिन्दु बीच सौहार्द नहुनुको पछाडि भारतमा मुस्लिमहरुले ७०० वर्ष सम्म गरेको शासनको दौरान हिन्दुहरु माथि गरिएको दमन अत्याचार र हिन्दुहरुको अनेकौ धर्मस्थल (मन्दिरहरु) भत्काएर मस्जिदको निर्माण गर्नु एउटा कारण हो भने अंग्रेजहरुको विरुद्ध हिन्दु–मुस्लिम मिलेर स्वतन्त्रता आन्दोलन गरे पनि स्वातन्त्रता प्राप्ती पछि धर्मकै आधारमा मुस्लिमहरुले देश विभाजन गरेर पाकिस्तानको निर्माण गर्नु दोस्रो कारण हो । जसले गर्दा भारतमा ति दुई समुदाय बीच कहिल्यै विश्वासको बातावरण बनेन ।

नेपालका तराई भुभागमा बस्ने हिन्दु–मुस्लिमहरु त्यहीँबाट प्रभावित छन जसको असर बेलाबेलामा यहाँ पनि देखा पर्छ । धर्मको आधारमा देश विभाजन गरेर इस्लामिक राष्ट्र बनाए पछि बचेको भारत हिन्दुहरुको देश हो र यो हिन्दु राष्ट्र भन्ने दावी हिन्दु स्वमसेवक संघले गर्यो तर गान्धी र नेहरुले भारतलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे ।

आरएसएसले यही विषयलाई लिएर हिन्दुहरुलाई संगठिक गर्न शुरु गर्यो र लामो संघर्ष पछि अन्ततः २०१४ मा हिंदुवादी पार्टी भारतीय जनता पार्टी बहुमतका साथ सरकार बनाउन सफल भएसगै हिन्दुहरुको साँस्कृतिक र धार्मिक महत्वका धरोहर (राम जन्म भुमि मन्दिर) अयोध्या, (कृष्णा जन्म भुमि मन्दिर) मथुरा र शिव मन्दिर (काशी) जसलाई मुस्लिम आक्रान्तऔरंगजेबले भत्काएर मस्जिद बनाएका थिए । त्यहाँ पुनःमन्दिर निर्माण गर्नका लागि सहमति हुन नसके पछि अदालतको निर्णयले अयोध्यामा राम मन्दिर बनाउने निर्णय गर्नुका साथै काशी र मथुरामा पनि कानुनी ढंगले छानविन र प्रमाण जुटाउनका लागि अदालतले काम गरिरहेको छ । यति बेला भारतमा हिन्दुहरु जाति भन्दा माथि उठेर आफ्नो धर्म र संस्कृतिको उत्थानका लागि एक जुट भएका छन् ।

नेपालमा त्यसको ठिक उल्टो हिन्दु राष्ट्र नेपाललाई परिवर्तनका नाममा धर्म निरपेक्ष बनाइएको छ । नेपाल हिन्दु राष्ट्र भए पनि यहाँ सबै धर्मावलम्बीहरुलाई बराबरको अधिकार र सम्मान थियो । तर, आफुलाई राष्ट्रवादी भन्ने कम्युनिष्टहरुले विदेशीहरुको इशारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्रमा परिणत गरे जसको मौन समर्थक कांग्रेस पनि रह्यो । आज यसै आडमा देशमा खुलआम धर्मपरिर्वतन भैरहको छ, राज्य मुक दर्शक बनेको छ । इस्लामिक देशहरुमा समेत बन्द रहेको मदरसा शिक्षा यहाँ खुलेआम मौलाई रहेको छ । मदरसा भित्र हाथहतियार र विदेशीहरुको उपस्थिति समेत पाइने गरेका छ तर राज्यले छानविन गर्ने हिम्मत गर्दैन ।

नेपाल अहिले इस्लामिक कट्टरपन्थीहरुको शरणस्थलीको रुपमा परिणत हुँदै गएको छ । विश्वमा हिन्दुहरु भएको देश भारत र नेपाल मात्र हो, हामी भौगोलिक रुपमा फरक भएपनि धार्मिक र साँस्कृतिक रुपले एक छौ, शासकहरुमा राजनीतिक मतभेद भएपनि जनता बिच सम्बन्ध मधुर छ । शायद त्यसैले भारत र नेपालको सम्बन्ध पनि विश्वमा कहिँ नभएको अनौठो रहेकोछ । तैपनि नेपालमा भारत विरोधी स्वरहरु पनि प्रशस्त मात्रामा सुन्न पाइन्छ ।

नेपालको हरेक परिवर्तनमा भारतको प्रत्यक्ष अप्रत्यक्ष सहयोग रहेको छ । नेपालको हरेक परिवर्तनमा नेपाली कांग्रेसको नेतृतवमा नै भएको कारणले नेपाली कांग्रेस माथि बामपंथीहरुले भारत परस्तको आरोप लगाउने गरेका छन् । नेपालमा बामपन्थीहरुको उदय नै भारत विरोधमा आधारित छ । जसले भारतलाई जति चर्को स्वरले गाली ग¥यो त्यो त्यति नै ठुलो राष्ट्रवादी हुने चलन नेपालमा छ । शायद त्यसै कारणले होला भनिन्छ, शत्रुको शत्रु मित्र हुन्छ ।

नेपालमा एक खालको नयाँ राजनीतिक समिकरण बनेको छ । नेपालमा दुई थरीका भारत विरोधीहरु छन ।एक थरी राजनीतिक विरोधी र अर्को थरी धार्मिक विरोधी, नेपालमा अहिले यी दुवै विरोधी बीच राजनीति गठजोड भएको अवस्था छ । जसको प्रत्यक्ष मार भनौ या पीडा यहाँका मधेशी हिन्दु समुदायलाई भएको छ । अहिले यहाँका मुसलमानहरुले पनि भारतलाई गाली गर्छन र यहाँका बामपन्थीहरुले पनि भारतलाई गाली गर्छन शायद त्यसैले भारतका यि दुइटै विरोधीहरु एक भएका छन् ।

नेपाली कांग्रेसले बाँकेबाट सधै मुस्ल्मि समुदायलाई नै अवसर दिएको छ । बाँकेबाट चार जना सांसदले नेतृत्व गर्ने अवसर पाए तर दुर्भाग्य ति नेताहरुले कहिल्यै आफ्नो समुदायको मत नेपाली कांग्रेसलाई दिलाउन सकेनन् । मुस्लिम समुदाय जहिले पनि मतदान गर्दा धार्मिक आधारमा एकजुट भएर मतदान गर्ने गर्दछ । उनको लक्ष्य सबैभन्दा पहिला आफ्नो समुदायलाई मतदान गर्नु हो । दोस्रो उनलाई धार्मिक संरक्षण दिनेलाई हो । नेपालगन्जमा अहिले मुस्लिमहरुको निर्णयक जनसंख्या छ । उनी जता हुन्छन जीत उतै हुन्छ । त्यसैले सबै पार्टी उनीहरुको पछाडि लागेका हुन्छन् ।

नेपाली कांग्रेसको जनाधार भनेको तराई–मधेश नै हो । तराई मधेशको आन्दोलनले राजनीतिक रुपमा कांग्रेसलाई नै नोक्सान पु¥याएका छ । नेपाली कांग्रेसले पनि आफुलाई समयानकूल परिवर्तन गर्न सकेको छैन । पार्टीमा सामाजिक न्यायको सिद्धान्त लागु गर्न सकेको छैन । पार्टी संगठनमा पनि सामाजिक न्याय दिन सकेको छैन न त पार्टीद्वारा दिइने अवसरहरमा त्यो सिद्धान्त लागु गर्न सकेको छ ।

पार्टीमा चुनाव जित्ने कुनै रणनिति नै छैन । पहँुच,पैसा र पावरको आधारमा निर्णय हुने हुदाँ पार्टी खास गरेर मधेशी बहुल क्षेत्रमा अपेक्षाकृत कमजोर बन्दै गएको छ । मधेशीहरु नचाहँदा चाहँदै पनि जसपा जस्तो अवसरवादी पार्टीको चंगुलमा फँस्दै गएका छन । जसपा अहिले मुस्लिमहरुको पहिलो रुची बनेको छ । नेपाली कांग्रेसले समयमै आफुलाई सुधार गर्न सकेन भने झनझन कमजोर बन्दै जाने छ र नेपालकÞो तराई मधेश भुभाग कट्टरपन्थीहरुको हातमा जान सक्छ । त्यसकारण सबै किसिमको धार्मिक कट्टरवादलाई परास्त गर्नका लागि मधेशी–पहाडीको भावनालाई भुलेर देश, धर्म र संस्कृतिको लागि एकजुट भएर अगाडी बढ्न आवश्यक छ । ( रौनियार व्यवसायिक क्षेत्रका अगुवा हुन् )

प्रतिक्रिया

प्रतिक्रिया