नेपालगन्जस्थित एक विद्यालयमा संगठित विद्यार्थीहरुले वृक्षरोपण गरि आइतवार बातावरण दिवस मनाएका छन् । नेपालगन्जको शान्तिनगर स्थित ब्रिटिस ईंग्लिश बोर्डिङ स्कुलको ईको क्लबसम्बद्ध विद्यार्थीहरुले वृक्षरोपण गरेर बाताबरण दिवस मनाएका हुन् ।
कार्यक्रममा वृक्षरोपणअघि ईको क्लबका अध्यक्षमा रमेश ओलीले बाताबरण दिवसको बारेमा सदस्य विद्यार्थीहरुलाई जानकारी दिएका थिए । वृक्षरोपणमा सितलचिनी , निम , जामुन, अमलतासको बिरुवा लगाइएको क्लबले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफले जानकारी विद्यार्थीहरुलाई बाताबरण दिवसका विविध पक्षबारे अभिमुखिकरण गरेका थिए । रुख बिरुवा, चराचुरुङ्गी, सर्प,जनावर, किरा फटयांग्राहरु एक आपसमा भएको अन्तर सम्बन्ध बारे जानकारी दिंदै काफ्लेले सबै बाताबरण स्वच्छ भए मात्र सहज बाँच्ने भएकाले बाताबरण जोगाउन वृक्षरोपणको आवश्यकता औल्याए ।
विद्यालयमै बाताबरण दिवसको बारेमा विस्तृत जानकारीसँगै वृक्षरोपण गर्न पाएकोमा आफुलाई निकै खुशी लागेको कक्षा आठ कि छात्रा सबिता शाहीले प्रतिक्रिया दिइन् । ब्रिटिसले आफ्ना विद्यार्थीहरुलाई विभिन्न मौका पारेर सिर्जनशील गतिविधि गर्दै आएको प्रधानाध्यापक काफ्लेले बताए ।