सालिक आक्रमणको विरोध : सेतु विक चोकमा खबरदारी

सहिद सेतु विकको न्यूरोड नेपालगन्ज स्थित शालिकमा तोडफोडको विरोध गर्दै शनिबार खबरदारी सभा गरिएको छ । नेपालमा जातीय छुवाछूत छैन भनी घोषणा गरेको १६ वर्ष पुगेको अवसरमा दलित सम्बद्ध संघ, संस्थाहरुले सामूहिक रुपमा खबरदारी सभा गरेका हुन् । उनीहरुले यतिका बर्ष हुँदा पनि दलित समुदायले न्याय पाएको अनुभूति गर्न नपाएको भन्दै यसका लागि राज्य गम्भीर ढंगले राख्नु पर्ने आग्रह गरे ।

नेपालगंन्जमा खबरदारी कार्यक्रमको आयोजना गर्दै सरोकारवालाले दिवसलाई उत्सवका रुपमा मनाउनुको सट्टा खबरदारीको रुपमा मनाउनु दुर्भाग्य भएको टिप्पणी गरे ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा शनिबार दलित समुदायले खबरदारी कार्यक्रम गरेका हुन् । संयुक्त दलित नागरीक समाजको आयोजनामा भएको कार्यक्रममा बाँके, बर्दियाका अधिकारकर्मी सहभागी थिए ।

फेडोका अध्यक्ष निर्मला सुनारले अहिले पनि दलित भएकै कारण अपमान र बिभेद भोग्न बाध्य भएको बताइन् । अब दलित समुदायले हात हतियार उठाएर आन्दोलन गर्नै पर्ने हो ? उनले भनिन् ।

कार्यक्रममा गैर न्यायीक रुपमा जेलमा राखिएका सुन्दर हरीजनको न्यायका लागि समेत आवाज उठाए । ‘अनेकौ बहानामा दलितहरु कहिलेसम्म हत्या हिसांको सिकार बन्ने’ अधिकार्मी सरु सुनारले भनिन् ‘राज्यले कहिले दलितका आवाज सुन्छ ।’

रोल्पा कारागारमा मृत अवस्थामा भेटिका नेपालगन्ज २ निवासी सुन्दर हरिजनको न्यायको लागि हामी सडकमा आउनु पर्ने बाध्यता भएको अधिकारकर्मीले बताएका छन् । २०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । त्यसैको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउने गरिन्छ ।

त्यसअघि शनिबार नै नेकपा एमाले निकट जातीय संगठन, नेकपा एमालेका नेताहरुले जातीय भेदभाव र छुवाछुत विरुद्ध आफ्नो पार्टीले निरन्तर आवाज उठाएको भन्दै जातीय भेदभाव र छुवाछूतविरुद्धको कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरे । नेपालगन्जको पुष्पलालचोकबाट र्याली आयोजना गरेको एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेले सहिद सेतु विक चोकमा गरेको सभामा बोल्दै नेता पुजन विश्वकर्माले दलितहरुमाथि भैरहेको श्रृंखलावद्ध आक्रमण रोक्न चेतावनी दिए ।

विश्वकर्माले सहिद सेतु विकलाई विवादित बनाउने कार्यको विरोध गर्दै आक्रमणकारीलाई कारवाही गर्न माग गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, शान्ति ढकाल, नन्द विश्वकर्मा, निर्मला सुनार, एकमाया विकलगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया