विश्व साइकल दिवसको सन्दर्भ पारेर आज शुक्रवार नेपालगन्जमा साइकल ‘सिटी राइडिङ’ आयोजना गरिएको छ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबले साइकल अभियन्ताहरुको सहभागितामा, जनप्रतिनिधि, विभिन्न व्यवसायिक क्षेत्रका अगुवा, उद्योगी, व्यवसायीलगायतलाई साइकलमा ‘सिटी राइडिङ’को आयोजना गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले साइकल राइडिङ शुभारम्भ गर्दै आगामी बजेटबाट नेपालगन्जमा साइकल लेनको कसरत गर्ने सन्देश दिए । उनले साइकल प्रयोगको बहुआयामिक फाइदाबारे पनि चर्चा गरे ।
आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाको नेतृत्वमा ‘सेभ द प्लानेट, राइड अ साइकल’ भन्ने नारासहित शुक्रवार विहानै साइकल यात्रुहरु नेपालगन्ज सहरका विभिन्न क्षेत्रमा पुग्नेका छन् ।
आयोजनाका लागि नेपालगन्जको प्रतिष्ठित व्यवसायिक घराना, जय मंगलम् सिमेन्टस् प्रालिले साझेदारी गरेको साइकल ‘सिटी राइडिङ’ दैनिक नेपालगन्ज मिडिया पार्टनरका रुपमा सहकार्य गरेको अध्यक्ष निरौलाले जानकारी दिए । राइडिङपछि रक्तदानको आयोजना पनि गरिएको अध्यक्ष निरौलाले जानकारुरी दिए ।