‘शालिक’ माथि आक्रमणको विरोध

स्व. राजा वीरेन्द्रको शालिक हटाउने क्रममा धम्बोझीबाट प्रहरीले लखेटेपछि भाग्दै गरेका युवाहरु प्रतिक्रिया स्वरुप उग्ररुप लिंदै नजिकै न्यूरोडमा रहेको सहिद सेतु विक चोक शहिदको शालिकलाई आक्रमणको निशाना बनाए ।

२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको विम्वको रुपमा रहेको चोक र परिवर्तनको योद्धाका रुपमा सम्मानित सहिद माथिको आक्रमणले निश्चित राजावादी र प्रहरी बीचको द्वन्द्व बिस्तारित भयो ।

शहिदको शालिकमाथिको आक्रमणलाई व्यवस्था विरुद्धको आक्रमण भन्दै ठूला राजनीतिक दलहरु प्रतिक्रियामा आए ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई मात्रै होइन, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव डिल्ली प्रसाद बराल, नेकपा एसका सचिव दिपक जिएम लगायतले प्रेस विज्ञप्ति मार्फत घटनालाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिए ।

नगर प्रमुख र उपप्रमुख घटनास्थलमै पुगेर घटनाको निन्दा गरे । त्यसक्रममा शालिकमाथि आक्रमण कार्यमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लियो ।

घटनालाई लिएर नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेका अध्यक्ष हिम बहादुर सुनार र लुम्बिनी प्रदेश इन्चार्ज पुजन विश्वकर्माले संयुक्त विज्ञप्ति जारी गरी शहिद सेतु विकको शालिकमाथि भएको आक्रमणको निन्दा गरेको छ । ‘घटनामा संलग्नहरुलाई कडा कानुनी कारवाही गरियोस्’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया