शिक्षकलाई धम्की, कारवाहीको माग

निर्वाचनमा सहयोग नगरेको भन्दै बाँकेका एक शिक्षकलाई गाउँपालिका प्रमुखले धम्की दिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले जनाएको छ ।

संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गरी श्री आधारभूत विद्यालय डुडुवा १ चौफेरिका शिक्षक भुपेन्द्र रेग्मीलाई गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले ज्यान मार्ने धम्की दिएको दाबी गरेको छ ।

‘यस आपत्तिजनक दुःखद् घटनाको नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके घोर भत्र्सना गर्दछ’, अध्यक्ष रेखा धिताल र सचिव बाबुराम अधिकारीले संगठनका जिल्ला सचिवालय सदस्य रेग्मी माथि भएको घटनाको सत्यतथ्य छानबिन गरी कारवाहीको माग गर्दै भनेका छन्, ‘भविष्यमा रेग्मीप्रति हुने सम्पूर्ण घटनाको जिम्मेवारी गाउँपालिका प्रमुखले लिनुपर्नेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया