
बलात्कारीलाई फाँसी दे । यो आवाज घन्किन्छ केहि दिन अनि फेरि सामसुम । किन त भन्दा कानुन छैन । यो यस्तै सतही नारा गैरकानुनी आवाज उठाऊन हामीलाई वाक स्वतन्त्रता छ चिन्तै छैन । । प्रजातन्त्रको स्थापना पश्चात कानुन निर्माण र संसोधनले निकै स्थान पाय र थुप्रै कानुन मुलुकको स्तर र यथार्थता भन्दा पनि युरोप अमेरिका तिरका आयातित स्थिति र ब्यवहारमा लिपिबद्ध भए । जुन हाम्रो मुलुकमा पीडितले न्याय पाऊने अवस्थाका छैनन् ।
अर्कोतिर कानुन निर्माणमा दबाब दिने बर्गले पनि मुलुकको यथार्थता भन्दा पनि कुनै एक घटनामा केन्द्रित रहि आवाज उठाएको र महिलाका मुद्दामा निर्माण गरिएका कठोर कानुन आज ब्लेक मेल गर्ने साधनका रुपमा प्रयोग भैरहेका छन् । विशेषगरी मानव बेचबिखन, अपहरण र बलात्कारका कानुन । प्रेम सम्बन्धमा हिडेका युवा युवतिलाई अपहरणको मुद्दा । लिभिङ्ग टुगेदरमा बलात्कारको मुद्दा सहमतिको यौन सम्बन्धमा बलात्कारको मुद्दा लगाउन सक्ने प्रावधान नै बलात्कारलाई निर्मुल पार्ने भन्दा पनि अझ जटिल बन्दै गैरहेको छ । जबसम्म यि बिषयमा छुट्टाछुट्टै ब्याख्या बिधि र नियम बन्दैनन् तबसम्म बलात्कारको बिषय केहीलाई खेतीपातीको बिषय मात्र बन्न पुग्छ ।
बलात्कारका बिरुद्ध ल्याइएको कानुनमा ठुलै उपलब्धिको महसुस गरिएको थियो जतिबेला श्रीमानले पनि श्रीमतीको सहमति बिरुद्ध यौन सम्पर्क गरेमा बलात्कारको कानुन प्रभावित हुने कानुन बनेको थियो । हो यस्ता ब्यवहारमा पक्कै पनि ठुलो संख्यामा महिला पीडित छन् र उनीहरुलाई पनि न्यायको खाँचो छ र उपचार र सुरक्षा जरुरी छ । हामीले यहाँनिर ठुलो चुक यो गरेउ की उही बिषयमा उही कानुनमा टेकेर कतै पीडकको वकालत त कतै पीडितको वकालतको आभास हुने कार्य गरेउ । जसको नतिजा भर्खरै उजागर भैरहेका दुई घटनाक्रम (काण्ड) लाई लिन सक्छौ । तोरी र कोदो मिसाइ पेल्दा आउने नतिजा सरह भएको छ ।
हिंसा गर्नुहँुदैन सहनु हँुदैन कसुर र कानुन अनुरुप सजाय हुनुपर्छ । हिजो आज धेरै यस्ता घटना सार्वजनिक भएका छन् । हिजोसम्म राजिखुशिले सम्बन्ध राख्दै आएकाहरु आज आफ्ना आवश्यकता चाहनाका माग पुरा नभएका निहँुमा बलात्कारको कानुनको सहारामा पुरुषलाई घर न घाटको बनाऊने टे«न्ड नै बनिसकेको छ । यो पनि सोलो डोलो कानुनका कारण सृजित विकृति हो । यसमा नै कानुन र समाज बाँढिएको छ जस्को फलस्वरुप बलात्कारका मुद्दामा दोहोरो बहस चर्कन्छ । न्यायका निमित्त उजुरी र हदम्याद हुनुपर्छ यो कानुनी प्रावधान हो । तर, फरक प्रवृत्तिका कसुरमा सोलोडोलो एउटै कानुन प्रभावित हुने गरि बनाइएका कानुन अव्यवहारिक र पीडितले न्याय नपाउने अवस्था रहेका छन् । जसको फलस्वरुप जघन्य अपराध बलात्कारलाई पहिले मोज अहिले खोज भन्ने जस्ता भद्दा मजाक बनाइनु बलात्कारीलाई प्रश्रय दिनु हो । जुन सोलो डोलो सबै प्रकृतिमा कानुनी एउटै उपचार हुनुको नतिजा हो ।
बलात्कार र यौन सम्बन्धको स्पष्ट व्याख्या हुन जरुरी छ । बलात्कार जघन्य र संवेदनशील अपराध हो । प्रमाण सहितको बलात्कारका मुद्दामा हदम्याद राखिनु हँुदैन । बलात्कारलाई लिभिङ्ग टुगेदर, बैवाहिक यौन हिंसा, रिलेशनसिप आदि विषयहरु सँग समान रुपले हेरिनु हँुदैन । अनि मात्र बलात्कार जस्तो अपराधबाट जोगिन र जोगाउन सकिछ ।











