कार्यपालिकालाई पूर्णता नेपालगन्ज उपमहनगरपालिकामा आगामी जेष्ठ १६ गते मतदान हुने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन् । त्यसका लागि मंगलबार मतदाता नामावलीको अन्तिम टुंगो लगाइएको र आज बुधबार मनोनयन दर्ता हुने जानकारी दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका जम्मा प्रमुख, उपप्रमुख सहित १ सय १७ सदस्यहरुले आफ्नै महिला तथा दलित महिला सदस्यहरुबाट ५ जना र दलित तथा अल्पसंङ्ख्यकबाट ३ गरी ८ लाई निर्वाचित गर्दैछन् ।
कोहलपुर नगरपालिकामा जेठ १९ गतेका लागि मतदानको मिति तोकिएको छ । निर्वाचन प्रक्रिया भने जेठ १३ गतेबाट सुरु हुँदैछ ।
खजुरा गाउँपालिकामा १३ गते मतदाता नामावली प्रकाशन गरेर उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ता पछि १७ गते मतदानको तयारी गरिएको छ ।
जानकी गाउँपालिकामा मंगलबार मतदाता नामावली प्रकाशन गरिएको छ । मतदान भने आगामी जेठ १६ गते हुनेछ ।
डुडुवा गाउँपालिकामा निर्वाचन प्रक्रिया सुरु भैसकेको छ । मंगलबार मनोनयन दर्ता, दाबीविरोध, फिर्ताको तालिका थियो । मतदान भने जेठ १३ गतेका लागि राखिएको छ । डुडुवामा उम्मेदवारको अन्तिम नामावली आज बुधबार प्रकाशन हुँदैछ । चार जना महिला सदस्यका लागि ६ जना र २ अल्पसंख्यक तथा दलित सदस्य लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १ जनाले फिर्ता लिइसकेका थिए, मंगलबार नै ।
बैजनाथ गाउँपालिकामा आज मंगलबार निर्वाचन कार्यक्रम प्रकाशन गरिने र १६ गते मतदान हुने निर्वाचन अधिकारीले जानकारी दिएका छन् । बाँकेका आठ वटै स्थानीय तहमा जेठ १९ सम्म मतदान सम्पन्न भई सोही दिन परिणाम निकाल्ने तयारी भैरहेको छ । जिल्लामा जेठ १९ गते सबै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाउनेछ ।