
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यका लागि प्रदेश सिंह राठौरले उम्मेदवारी दिएका छन् । १८ बर्षसम्म बाँके जिल्ला फुटबल संघको नेतृत्व सम्हालेका राठांैरले तेस्रो कार्यकालका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
‘वर्तमान कार्यसमितिको नेतृत्वले मलाई विश्वास गरेकाले म त्यही प्यानलबाट उम्मेदवारी दर्ता गराएको छु’, सोमबार कर्मा छिरिङ्गको नेतृत्वमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका राठौंरले दैनिक नेपालगन्जसँग भने, मेरो जीवन नै फुटबलमा बित्यो ।
२०३७÷०३८ सालमा नेपालगन्जमा रही तत्कालीन भेरी अञ्चल स्तरीय प्रतियोगितामा बाँकेको नेतृत्व गरेर जिताउन सफल फुटबल टिमका कप्तान राठौंर अर्कोपटक बाँकेलाई उपविजेता बनाउन सफल भएका थिए । ‘खेलाडी जीवन सकिएपछि खेलकुदको विकासमा व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएको छु’, राठौरले भने ।











