नेपालगन्जमा प्रशान्त र राई प्रमुख, उपप्रमुख निर्वाचित

नेपालगन्ज उपमहानगरपालिमा गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएका प्रशान्त विष्ट विजयी भएका छन् । २३ वटा वडाको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका प्रशान्तले २३ हजार ४ सय ६० मत प्राप्त गरेका छन् ।

एमालेबाट प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र भन्दा ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् । राप्रपा उम्मेदवार नन्दलाल वैश्यको मत ७ हजार ५ सय ९८ रहेको छ ।

उपप्रमुखमा विजयी जसपाका कमरुद्दिन राई १७ हजार ९ सय ५० मत ल्याए । एमाले उम्मेदवार शान्ति ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरेकी छन् । राप्रपा उम्मेदवार बिन्दु चर्तिमगरले १० हजार १ सय ३५ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

प्रतिक्रिया