नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का उम्मेदवार समिर प्रताप सिंह पुनः विजयी भएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि सिंह नै वडाध्यक्ष पदमा विजयी भएका थिए । २०७४ सालमा वडाध्यक्ष निर्वाचित हुँदा सिंहले ४४६ मत ल्याएका थिए ।
सिंहले ४ सय ५१ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापाकाे ४ सय २ मत आएको छ ।











