नेपालगन्जमा काँग्रेसले वडा नं. २३ बाट खोल्यो खाता

नेपाली काँग्रेसका उम्मेदवार वडा नं. २३ बाट विजयी भएका छन् । नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार जबर अलि बेहना २ सय ३२ मत सहित विजयी भएका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. २३ मा संघीय समाजवादी फोरम विजयी भएको थियो । तत्कालीन समयमा फोरमले १ सय ८८ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेस (जबर अली बेहना) ले १ सय १५, नेकपा एमालेले ४८, राप्रपाले ६४ मत प्राप्त गरेको थियो ।

२०७४ मा हारेका बेहनाले यसपटक बाजी मारेका छन् । वडा नं. २३ मा जबरका निकटम प्रतिद्वन्द्वी जसपाका मोहम्मद हुसेन शेषले १ सय ९४ मत प्राप्त गरे । २०७४ मा शेष वडा नं. २३ मा जबरलाई नै हराएर संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा सत्ता गठबन्धनबाट प्रमुख पदमा प्रशान्त श्रेष्ठ र उपप्रमुख पदमा जसपाका कमरुद्दिन राई उम्मेदवार छन् । नेकपा एमालेबाट प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाल तथा राप्रपाबाट नन्दलाल वैश्य प्रमुख तथा उपप्रमुखमा बिन्दु चर्तिमगर उम्मेदवार रहेका छन् ।

वडा नं. २३ मा काँग्रेसबाट प्रमुख पदका उम्मेदवार श्रेष्ठले ३ सय ५ मत, जसपाका उपप्रमुख राईले २ सय १६ मत, एमालेका मिश्रले १ सय २५ मत, उपप्रमुख उम्मेदवार ढकालले १ सय २२ मत, राप्रपाका वैश्यले ७९ मत प्राप्त गरेका छन् ।

हाल वडा नं. १ को मतगणना भैरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया