उम्मेदवारी छाडेर नन्दलाल एमालेमा

स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा पार्टी प्रवेशका कार्यक्रम निरन्तर चलिनै रहन्छन् । एउटा पार्टी छाड्ने अर्कोमा प्रवेश गर्ने क्रम निर्वाचनका बेला नौलो होइन ।

तर, बाँकेको खजुरा गाउँपालिका वडा नं. २ बाट नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष पदका उम्मेदवार नन्दलाल गुर्ताल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको एजेन्डामा समर्थन गर्दै उम्मेदवार गुर्तालले नेकपा एमालेलाई नै खजुरामा विजयी गराउँदा पालिकाको हित हुने देखेर उम्मेदवारी छाडेर एमाले प्रवेश गरेको बताएका छन् । उनले अब नेकपा एमालेको वडा नं. २ को अध्यक्ष पदका उम्मेदवार, नेकपा एमालेबाट पालिकामा प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारलाई जिताउन लाग्ने बताएका छन् । नन्दलाललाई नेकपा एमाले अध्यक्ष किस्मत कुमार कक्षपतिले पार्टीमा स्वागत गरेका थिए ।

‘खजुराको विकास एमालेको नेतृत्वमा भएको छ, बाँकी काम अबका जनप्रतिनिधिले अघि बढाउनुहुन्छ भन्ने उहाँका प्रतिबद्धताबाट स्पष्ट छ’, एमाले प्रवेश गर्दै गुर्तालले भने, ‘खजुरालाई माया गर्ने, समृद्ध खजुराको योजना ठोस रुपमा अगाडि बढाउन सक्ने भिजन भएका एमाले उम्मेदवारलाई जिताउँदा नै खजुराको हित हुन्छ ।’ उनले व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर खजुरामा एमालेको आवश्यकतालाई मध्यनजर गरी एमाले प्रवेश गरेको बताएका छन् ।

खजुरामा एमालेले घरदैलो, भेटघाटलाई तिव्रता दिएको छ । मौन अवधी सुरु हुन एक दिनमात्रै बाँकी हुँदा सकेसम्म सबैको घरमा पुग्ने योजना रहेको खजुरा गाउँपालिकामा प्रमुख पदका उम्मेदवार सुमन मल्लले बताएका छन् । ‘म सकेसम्म सबै दाजुभाईदिदीबहिनीको घरमा पुग्ने प्रयास गरेको छु, कही कतै छुट भए अन्यथा नलिइदिनुहुन अनुरोध छ’, नेपालगन्जन्यूजसँग कुरा गर्दै उनले भने, ‘म खजुराबासीलाई आवश्यक परेका बेला जुनसुकै समयमा उहाँको घरमा पुग्ने वाचा गर्दछु ।’

प्रमुख पदका उम्मेदवार मल्लले निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारी पछि १५ दिन समय मात्रै हुँदा कतै पुग्न पाइन कि भन्ने चिन्ता रहेको बताएका छन् । ‘मैले खजुरा समृद्ध पार्ने योजना जनताको घरदैलोमा पुर्याएको छु, खजुरामा हाल भएको विकास निर्माण काम पनि हाम्रै पार्टीबाट निर्वाचित उम्मेदवारले गर्नुभएको हो, बाँकी कामलाई म पुरा गर्दछु, केही नयाँ योजना पनि मैले प्रतिबद्धतामा समेटेको छु, कुनै छुट भए खजुराबासीले दिएको सुझाव अनुसार अघि बढ्छु’, उम्मेदवार मल्लले भने ।

नेकपा एमाले नेता भीम ओलीले खजुरामा एमालेले गरेको कामका कारण सबै खुशी रहेको बताएका छन् । ‘जनताको आवश्यकता अनुसार विकासको काम गर्ने एमाले नै हो, हामीले यसपटक प्रमुखमा युवा उम्मेदवार सुमनजीलाई पाएका छौं’, उनले भने, ‘उहाँलाई खजुराबासीले जिताउनु हुनेछ भन्नेमा हामी ढुक्क छौं ।’

खजुरा गाउँपालिका वडा नं २ मा एकीकृत समाजवादीबाट वडा अध्यक्षका उम्मेदवार  नन्दलाल गुर्ताल एमालेमा प्रवेश गरेका छन् ।
 उनले सोमबार एक विज्ञप्ती प्रकाशित गरि आफू एमालेमा प्रवेश गरेको जनाउनु भएको छ । नेकपा एमालेको नीति  र विचार नै ठीक भएको जनाउँदै उहाँले आफू एमालेको उम्मेदवार जिताउन आफ्नो टीम सहित लाग्ने बताउनु भएको छ ।

खजुरामा १७८ जना एमालेमा प्रवेश गरेका छ्न । पार्टी प्रवेश गराउँदै एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले खजुरामा एमाले जितलाई कसैलाई रोक्न नसक्ने बताउनुभयो । 

प्रतिक्रिया

प्रतिक्रिया