गुणस्तरिय शिक्षाका लागि सधै प्रतिबद्ध रहने छु:आचार्य

कोहलपुर ,बैशाख २५: कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्यले  कोहलपुर क्षेत्रमा शिक्षाको बिकासका लागि सधै प्रतिबद्ध रहने बताउनु भएको छ । उहाँले शिक्षाको गुणस्तरियताका साथै प्राविधिक शिक्षाका लागि आफूले जोड दिने बताउनुभयो । 

नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस ईकाई कमिटिको आयोजनामा आज विहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख पदका उम्मेदवार आचार्यले यस्तो बताउनु भएको हो । उहाँले नेपाली काँग्रेस कोहलपुरले आफ्नो घोषणा पत्रमा प्राथिमकता दिएर बागेश्वरी बहुमुखी क्याम्पसमा सञ्चालित सबै स्नाकोत्तर तहका कार्यक्रमलाई आधुनिक र व्यवस्थित गरी सञ्चालन गर्ने कुरा उल्लेख गरेको बताउनुभयो । यस्तै क्याम्पसमा दक्ष जनशक्ति र प्राध्यापकसहितको बिज्ञ टोली गठन गरी अनुसन्धानको कार्य पनि अगाडि बढाईने उहाँले बताउनुभयो । 

नेपाली काँग्रेसबाट नगर प्रमुख र उप प्रमुख दुबै बागेश्वरी क्याम्पसको पूर्व विद्यार्थी भएकाले क्याम्पसको सर्वाङ्गिण विकासमा अति नै संवेदनशील रहेको धारणा व्यक्त गर्नुभएको थियो । यसका साथै नगरपालिकाभित्र सञ्चालन गरिने विभिन्न योजना, नीति तथा कार्यक्रम निर्माण गर्नका लागि अनुसन्धान गरी कार्यलाई शसक्त रूपमा कार्यान्वयन गर्ने कुरामा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया