पशुपति र शान्तिका पक्षमा युवाहरुको आव्हान

नेपालगन्जका युवाहरुले स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा क्रमशः पशुपति दयाल मिश्र र शान्ति ढकाललाई विजयी गराउन आव्हान गरेका छन् ।


‘आदरणीय नेपालगन्ज उपमहानगरबासी आमा, बुवा, दिदिबहिनी , दाजुभाइ तथा युवा बिद्यार्थी साथीहरू यही बैशाख ३० गते हुन गइरहेको निर्वाचन यो उपमहानगरपालिकाको भबिष्यसँग जोडिएको छ’, युवा नेताहरुले भनेका छन्, ‘हामी हाम्रो नगरको बिकास निर्माण , कस्तो बनाउन चाहान्छौ? हामी हाम्रो नगरका युवा , महिला , मजदुर , दलित , जनजाति , सीमान्तकृत , मुस्लिम र मधेसी समुदायको हकहितलाई कसरी संरक्षण गर्न चाहान्छौ ?’


‘माथि उल्लेखित प्रश्नहरुको सहि उत्तर सहितको उत्कृष्ट उपमहानगर निर्माण का लागि सहि विचार, दृष्टिकोण सहितको पार्टी र उमेदवारलाई निर्वाचित गर्नु हामी सबै उपमहानगरबासीको दायित्व हो । यसको लागी नेकपा ( एमाले ) र यसपार्टीले बैशाख ३० गतेको निर्वाचनमा उमेदवार बनाएका मेयरका उमेदवार पशुपति मिश्रा, उपमेयरका उमेदवार शान्ति ढकाल र २३ वटै वडाका अध्यक्ष र सदस्य पदका उमेदवारलाई अत्याधिक मतले बिजयी बनाउनुनै यस उपमहानगरपालिकाको सर्वाङ्गीण बिकासको अनिवार्य सर्त हो’, युवाहरुले आफ्नो आव्हानमा भनेका छन्, ‘निर्वाचनमा नेकपा एमालेका सुर्यध्वजा बाहक उमेदवार मेयरमा पशुपतिदयाल मिश्रा, उपमेयरमा शान्ति ढकाल सहित सबै वडा अध्यक्ष र सदस्य पदका उमेदवारलाई सुर्य चिन्हमा मतदान गरि नेपालगन्जलाई महानगर को यात्रामा अगाडि बढाउन सबैमा हार्दिक अपिल गर्दछौं ।’


अनेरास्ववियु पूर्व बाँके जिल्ला अध्यक्षहरु प्रमोद धिताल, रत्न खत्री, किरण ढकाल, सतिश निरौला, गोबिन्द शर्मा, दिपा शर्मा, भरत बुढाथोकी, सुर्य रोकाय, भिम वली, मोहित शाहले नेपालगन्जमा एमालेलाई विजयी गराउन आव्हान गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया