नरेन्द्र न्यौपाने कोहलपुरमा परिचित नाम हो । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका न्यौपाने कोहलपुरलाई केन्द्र बनाएर राजनीतिमा सक्रिय छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पराजित हुँदा पनि न्यौपानेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र एकिकृत समाजवादीका तर्फबाट साझा रुपमा प्रमुख पदका प्रत्यासी हुन । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्यन पुरा गरेका नरेन्द्र न्यौपाने संग गरिएको कुराकानी संक्षेपमा ।
तपाईको उम्मेदवारी किन ?
कोहलपुरको समग्र विकासका लागि मेरो उम्मेदवारी हो । कोहलपुरमा सुशासन कायम गर्न, जनमैत्री स्थानीय सरकार निर्माण गर्न, स्मार्ट र आधुनिक कोहलपुरको निर्माण गर्न र जनउत्तरदायी तथा लोक कल्याणकारी स्थानीय सरकार निर्माण गर्नका लागि कोहलपुरको नगर प्रमुख पदमा मेरो उम्मेदवारी हो ।
चुनावी गतिविधि कसरी चलिरहेको छ त ?
खासगरी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भइसकेपछि नै मैले मलाई त्यति बेला भोट हाल्ने लगायत कोहलुरको आमजनताका साझा समस्या समाधान गर्ने देखि कोहलपुरको बिकास निर्माण र प्रशासनिक पहुँच बृद्धिका लागि म र मेरो पार्टीले पहल गर्दै आएको छ । ति अभियानहरुमा पनि मेरो जनतासंग निरन्तर भेटघाट गर्दै आएको थिए । र सो क्रममा हामीले मतदान नामावलीमा छुटेका सदस्यको नामावली दर्ता लगायतका काम पनि अभियानकै रुपमा सञ्चालन गर्यौ, सो क्रममा पनि जनतासँग पनि निरन्तर अन्तरक्रिया हुने गरेकाले हामीले झण्डै ५ वर्षभरी नै चुनावी गतिविधि गर्दै आएका छौ । चुनावी अभियान र जनताको सेवा सँगसँगै सञ्चालन गर्दै आएकाले चुनावमा मात्रै जनताको सेवा गर्ने एजेन्डा दिने र मत माग्ने कामबाट मुक्त हुनुपर्छ भन्ने लाग्छ । चुनाव नजिक हामीले अहिले स्थानीय बासिन्दाहरुले स्वस्फुर्त र पार्टी संगठनले आयोजना गरेका भेला, छलफल, घरदैलो र मतदाता शिक्षामामा हामि केन्द्रीत भएर लागेका छौ ।
मतदाता र स्थानीयको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
कोहलपुरको विकासमा निरन्तर क्रियाशिल हुनुको नाताले जनताको न्यानो माया पाएको अनुभूति भइरहेको छ । खास गरि हरेक टोलमा पुग्दा तपाईलाई भोट हाल्छौ । तपाइको नेतृत्वको अहिलेको आवश्यकता हो भनेर भनिरहेको छ । कडा प्रतिस्प्रर्धा विना सहज विजयी हुनेछु भन्ने कुरामा विस्वस्त छु ।
मुख्य मुख्य चुनावी प्रतिबद्धताहरु बताई दिनुहोस न ?
लोक कल्याणकारी स्थानीय सरकार अन्र्तगत जनतालाई बिजुली, स्वच्छ खानेपानी, स्वाथ्य सेवा निशुल्क दिने, समाजिक सुरक्षा अन्तर्गत एकल पुरुष, अपाङ्गहरुका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने सोंच बनाएका छौं । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जनमैत्री प्रशासनिक सेवा दिने, कृषि पर्यटन र उद्योगको विकास गरि समाजवादको आधार र रोजगारीका सृजना गर्ने लगायतका छन् ।
विद्युतीय बस्तु तथा सेवा प्रवाहमा जोड दिने, शिक्षाको गुणस्तरीयतामा बृद्धिमा जोड दिने, फोहर मैला दिगो व्यवस्थापन, छाडा चौपाय, अटो र ठेला व्यवस्थापन गरेर नगरको सौदर्यकरण गर्ने, युवाहरुलाई रोजगार र स्वरोजगार बनाउन सिप तथा क्षमता बिकासको तालिम दिने, सहकारी संस्थाहरुलाई उत्पादन र सिपम बिकासमा लगाउने लागयका थुप्रै प्रतिबद्धताहरु आगाडी सारिएका छन् । ५ वर्ष भित्र सबै मुख्य सडकहरु कालोपत्रे, कोहलपुरमा आधुनिक सिटी हल निर्माण र कोहलपुरको बिकासको पछाडी पारिएको वडाहरुलाई समविकासको अवधारण अन्र्तगत विकासमा प्रथमिकता दिने योजना छ । कोभिडका कारण धराशयी भएका व्यवसाय पुनर्ताजगीका लागि ठोस योजना निर्माण, थारु समुदायको हितका लागि ठोस योजना निर्माण गर्ने लगायतका काम गर्ने सोच छ । नगर अस्पतालबाट निःशुल्क स्वाथ्यसेवा, निशुल्क एम्बुलेन्स सेवा, बजार क्षेत्रमा काम गर्ने मजदुरहरुलाई लक्षित गरि सामुदायीक भोजनालय निर्माण र सञ्चालन गर्ने लगायका काम गर्ने छौ ।
बिजुली र पानी निःशुल्क दिने कुरा अगाडि सार्नु भएको रहेछ । त्यो कसरी सम्भव होला ?
खास गरी सुशासन कायम गरी नगर पालिकामा हुने, ईन्धन, खाना नास्ता, भत्ता, कमिसन लगायतका कुराहरु रोक्दा बिजुली र पानि जनतालाई दिन गाह्रो हुन्छ जस्तो लाग्दैन । जनप्रतिनिधिहरुले लिने सेवा र सुविधालाई कटौती गरेर जनतालाई सेवा दिन्छौ भन्दा तपाईलाई किन गाह्रो लाग्यो ।
उद्देश्य नै नराख्ने हो भने त्यो असम्भव होला तर हामी जलश्रोतको धनी देश हौं । केन्द्रीय सरकारको नीति पनि निशुल्क बिजुली र पानी भन्ने तिर छ हामी पनि केही नगरपालिकाको समेत श्रोत खर्च गरेर जनतालाई सेवा दिन्छौ, यो सम्भव छ । घोषणा पत्रमा उल्लेख भएका कुराहरु कोरा र भोट माग्नका लागि भनिएका कुरा भनेर नसोच्न होला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न प्रदेश सरकार, संघीय सरकार र स्थानीय श्रोतका भर पुर उपयोग गर्ने नीति लिनेछौ ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनु भयो शिक्षा क्षेत्रको बिकास बारे ठोस योजना के छ ?
विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्व अर्थात अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएर पनि म अहिले कोहलपुर कर्मथलो बनाएर अगाडि बढिरहेको छु । निजी र सामुदायिक विद्यालयलाई बिकास गर्दै शैक्षिक हवका रुपमा बिकास गर्दै लैजाने सोच छ । शिक्षाको गुणस्तर बिकास गदै अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि हामी राज्यका तर्फबाट २० प्रतिशत लगानी शिक्षा क्षेत्रमा गरेर जानु पर्छ भन्ने लगेको छ । निजी तथा सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारी बिच रहेको सेवा सुबिधाको विभेद हटाउने र पूर्वाधारको विकासमा जोड दिने छौ । साथै उच्च शिक्षामा प्राविधिक धारको बिकास गर्न हाम्रो जोड छ ।
अत्यमा ?
कोहलपुरको बिकासका लागि जुझारु नेतृत्व र दिगो विकासको सोच आवश्यक छ । सोही कुरालाई पुरा गर्न मैले उम्मेदवारी दिएको छु । कोहलपुरको भुमिहीनका समस्या समाधान गर्न देखि सुसासन कायम गर्न हामी पूर्ण प्रतिबद्ध भएर काम गर्नेछौ । नरेन्द्र न्यौपानेलाई नगर प्रमुखमा बिजयी गराएपछि कोही कोहलपुरबासी जनता नगरको बिकास र सम्बृद्धीका सम्वन्धमा निरिह हुनुपर्ने अवस्था आउने छैन । हामै कार्यकालमा समुन्नत कोहलपुर निर्माण गरेरै छाड्ने छौ । कोहलपुरलाई देश कै नमुना नगरपालिका बनाउने छौ । त्यसकारण म लागायत गठबन्धका सम्पूर्ण उम्मेदवारलाई विजयी गराईदिनु हुन कोहलपुरबासी जनतालाई अपिल गर्दछौ ।