लक्ष्य अनुसारको काम भन्दा पनि समग्र बजारको सुधार, स्वच्छता र गुणस्तरमा जोड
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंजले आ.व. २०७८÷७९ को तेस्रो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लक्ष्य अनुसारको काम भन्दा पनि बजारको समग्र सुधार, स्वच्छता र गुणस्तरमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षणका बाँके अध्यक्ष बसन्त गौतमले कार्यालयले गरेका काम सरोकारवाला बिच राखेर समिक्षा गर्ने कार्य सकारात्मक भएको भन्दै सख्यामा कामको प्रगती देखाउनु भन्दा पनि कामको परिणाम र बजारको सुधार र उपभोक्ता हितमा केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निरिक्षक नेत्रा बोगटीले संचालन गरेको त्रैमासिक समिक्षा गोष्ठीमा नेपालगंज दाङ्ग र जुम्ला कार्यालयबाट भएका कामको विवरण तथा यस अवधिमा कार्यालयले संम्पन्न गरेका कार्यक्रम÷क्रियाकलापको बारेमा समिक्षा गरिएको थियो ।
समिक्षा कार्यक्रममा कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुवेदीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा कार्यालयले सम्पादन गरेका कामहरु, प्रदान गरेका सेवाहरु बारे जानकारी दिदै चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा सुरुवातदेखि हालसम्म सो कार्यालयले खाद्य तथा दाना पदार्थको ५०६ वटा र तरकारी तथा फलफूलको ३६४३ वटा नमुना विश्लेषण गरेकोमा खाद्य तथा दाना पदार्थको २१ वटा र तरकारी तथा फलफूलको एउटा नमुनाको नतिजा प्रतिकुल देखिएको जानकारी दिएका थिए ।
तेस्रो त्रैमासिक अवधिमा मा कार्यालयले कार्यक्रम तर्फ ७७.९% र कुल बजेटमा ४७.९% वितिय प्रगति तथा कार्यक्रमतर्फ ९२.३% भारित प्रगति हासिल भएको खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुबेदीले बताए ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, डिभिजन कार्यालय जुम्लाको ९०% वित्तीय प्रगति तेस्रो त्रैमासिकमा भएको कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत डा इश्वर सुवेदीले बताए ।यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, डिभिजन कार्यालय तुलसीपुर दाङले गरेका कार्यप्रगती,कार्यालयले गरेको अनुगमन, गोष्ठी,परिक्षण सम्बन्धि ७५ प्रतिशत लक्ष्यमा सबै हासिल गरेको प्राविधिक सहायक राजेश चौधरीले जानकारी गराएका थिए ।
कार्यालयका खाद्य निरिक्षक नेत्रा बोगटीले सहजिकरण गरेको कार्यक्रममा पुराना ऐन, भौतिक संरचानको अभाव, सिमित कर्मचारी उपकरणको कमी लगायतका कारण काम गर्न समस्या दोस्रो त्रैमासिक थियो अहिले जनशक्तीको अभाव नभएको र तेस्रो त्रैमासिक अवधीमा कार्यालयले राम्रो सफलता प्राप्त गरेको कार्यक्रममा सहभागि डिभिजन कार्यालयका प्रमुखहरुले जानकारी दिएका थिए ।
कार्यक्रम प्रमुख खाद्य अधिकृत ज्ञानेन्द्र प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन जुम्ला र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङका प्रमुख एबं प्रतिनिधिहरूले आफ्नो कार्यालयले गरेको कार्य प्रगति बारे प्रस्तुती गरेका थिए ।
उक्त कार्यक्रमको समापन तथा कार्यक्रमलाई प्रष्ट पार्दै कार्यालय प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डलले कार्यालयका निर्धारित गतिबिधि भन्दा पनि बढी कार्य गरि उपभोक्ताको हितलाई ध्यानमा राखी कार्य गर्न आफु मातहत कार्यालयका कमर्चारीलाई निर्देशन दिए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारी तथा उपभोक्ताहरुबाट पनि काम गर्ने सहयोग र हौसलाले काममा पहिलेको भन्दा सुधार आएको बताएका थिए ।
खाद्य आर्यात तथा निर्यात प्रमाणीकरण कार्यालयबाट प्रतिनिधि गौरी हमाल वाणिज्य आपूर्ति तथा हित संरक्षण कार्यालय प्रतिनिधि देविलाल चौलागाईं , उपाभोक्ता हित संरक्षण मञ्च लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











