नेकपा एमाले नेता रामकुमार दीक्षित नरैनापुर गाउँपालिकाको उपाध्यक्ष नलड्ने घोषणा गरेका छन् ।
नेकपा एमाले नरैनापुर गाउँपालिकाको प्रमुखमा पदमावती यादव र उपप्रमुखमा दीक्षितलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको थियो ।
नेता दीक्षितले पार्टीको उपप्रमुखको उम्मेदवार बनाउने निर्णय प्रति धन्यवाद व्यक्त गर्दै व्यक्तिगत कार्यव्यस्तताले उम्मेदवार हुन इच्छुक नभएको बताएका छन् ।