नेपालगन्जको प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा चर्ती घर्तीमगरको उम्मेदवारी
राप्रपाले बाँकेका ६ वटा स्थानीय तहमा आइतबार उम्मेदवारी दर्ता गरेको छ । बाँकी २ वटा स्थानीय तहमा आज सोमबार उम्मेदवारी दर्ता गरिने राप्रपाका जिल्ला स्थित नेताले जानकारी दिएका छन् ।
नेपालगन्जमा र्याली सहित उम्मेदवारी दर्ताका लागि राप्रपा नेता तथा कार्यकर्ता मुख्य निर्वाचन कार्यालयमा पुगेका थिए । राप्रपा महामन्त्री समेत रहेका नेपालगन्ज नगर प्रमुख डा। धवल समशेर राणा सहित र्याली बजार परिक्रमा गर्दै उम्मेदवारी दर्ताका लागि पुगेको थियो ।
राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख नन्दलाल वैश्य र उपप्रमुख पदमा बिन्दु चर्तीमगरको उम्मेदवारी दर्ता गरेको पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
राप्रपाले कोहलपुरमा नगर प्रमुखमा प्रदिप कुमार शाह र उपप्रमुखमा सावित्रा घिमिरे, खजुरा गाउँपालिका अध्यक्षमा धनसिंह राना, उपाध्यक्षमा तिलकुमारी हमाल, राप्तीसोनारी गाउँपालिका अध्यक्षमा भुपेन्द्र वली र उपाध्यक्षमा शोभा वली, बैजनाथ गाउँपालिका अध्यक्षमा तारकसिंह थारु, उपाध्यक्षमा जयलक्ष्मी शाह, जानकी गाउँपालिकामा अध्यक्षमा श्याम बहादुर थापा, उपाध्यक्षमा कुश्मा रैदासलाई उम्मेदवार बनाएको छ । राप्रपाले डुडुवा र नरैनापुरमा सोमबार उम्मेदवार दर्ता गर्ने जनाएको छ ।
राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामा उम्मेदवारी दर्ता गराएको छ । वडा नं। १ मा तारामान कुँवर, २ मा मनोज श्रेष्ठ, ३ मा अमन गुप्ता, ४ मा इन्दिरा शाही, ५ मा मन्जु वादी, ६ मा रविन थापा, ७ मा हर्क बहादुर गुरुङ्ग, ८ मा रजनिस बाजपेयी, ९ मा बिक्रम खरेल, १० मा श्रवण श्रेष्ठ, ११ मा सलाउद्दिन जसगढ, १२ मा धु्रवराज बर्मालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, नेपालगन्ज १३ मा विपिन श्रीवास्तव, १४ मा हरदेव बक्स चौधरी, १५ मा साकिर अली कवडिया, १६ मा रोशन अली जोलाह, १७ मा धर्मराज यादव, १८ मा भेषराज चौलागाई, १९ मा धरराज काँदु, २० मा नवराज सापकोटा, २१ मा रामफेरन कोरी, २२ मा चेतबहादुर घर्ती र २३ मा शोभाराम खटिकको उम्मेदवारी दर्ता भएको छ ।
नेपालगन्जको मुहार फेर्छु: वैश्य
राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदमा उम्मेदवारी दिएका नन्दलाल वैश्यले निर्वाचत भए विकासका कामलाई अगाडि बढाउने बताएका छन् ।
‘नगर प्रमुख डा। धवल समशेर राणाले गरेका विकासका कामलाई अगाडि बढाउने छु’, प्रमुख पदका उम्मेदवार वैश्यले उम्मेदवारी दर्ता पछि दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जका सबै वडा जित्यौं भने नेपालगन्जको मुहार फेर्छु ।’