गार्मेन्ट व्यवसायीहरु संगठित: ‘खुला सीमाना समस्या’

चन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग संघ गठन भएको हो

बाँकेका गार्मेन्ट व्यवसायीहरु संगठित भएका छन् । जिल्लाभरी रहेका व्यवसायीहरुको भेलाले चन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग संघ बाँके गठन गरेको हो ।

संघको उपाध्यक्षमा देबेन्द्र बहादुर धामी, सचिवमा पदम बहादुर विक, कोषाध्यक्ष मुजफिल इद्रिसी चयन भएका छन् । सदस्यहरुमा भीम प्रसाद बराल, पदम बहादुर थापा, केशव राज खड्का, ओमकार थापा, शोविराम सुनार, लिलाराम न्यौपाने, विपिन घिमिरे, अम्मर बहादुर शाही र हेमराज आचार्य छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार, टंक बहादुर धामी, कस्मिरा खातुन र नन्दराम जैसीलाई सल्लाहकार चयन गरेको भेलाले जिल्लाभरी रहेका गार्मेन्ट उद्योगहरुको समस्या खोजी गरी निधानका लागि प्रयास गर्ने निर्णय गरेको छ ।

‘खासगरी लगानी जोखिममा भएकाले त्यसको सुरक्षाको सुनिश्चितताका लागि संगठित हुनु परेको हो’, अध्यक्ष श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘खुला सीमाका कारण भारतबाट खुलेआम मालसामान भित्रिदा प्रतिस्पर्धा गर्न गाह्रो भैरहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार, कम्तिमा दुई लाखदेखि करोड बढी लगानीका गार्मेन्ट उद्योगहरु बाँकेमा सञ्चालित छन् ।

‘कच्चा पदार्थमा लगाइएको भन्सारले एकातिर उद्योगको ढाड सेकिरहेको छ भने अर्को तिर विना भन्सार भारतीय मालासमान भित्रिरहँदा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ’, अध्यक्ष श्रेष्ठले उद्योगमा दक्ष जनशक्ति (कालिगढ)को अभाव झेलिरहनु परेको जानकारी दिंदै भने, ‘यस्तो अवस्थामा संगठित प्रयास नगर्ने हो भने उद्योग धान्न चुनौति बढ्यो ।’

प्रतिक्रिया

प्रतिक्रिया