नेकपा एमाले निकट युवा संघ नेपालगन्ज वडा नं. ४ ले उम्मेदवारसहित वडा भेला सम्पन्न गरेको छ ।

सो भेलालाई सम्बोधन गर्दै नेकपा एमालेबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले भौतिक विकासका साथै मानवीय विकासको लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले युवाहरुलाई युवा तथा खेलकुदमार्फत समेटने बताए । उनले युवाहरुलाइृ रोजगारीको सृजना गर्न लगानी मैत्री वातावरण तयार पारिने आफ्नो परिकल्पना भएको उल्लेख गरे । नयाँ व्यवसायको लागि वातावरण बनाउने बताउँदै उम्मेदवार मिश्रले नेपालगन्जको समग्र विकासका लागि सदैव तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा उपमेयरका उम्मेदवार शान्ति ढकालले एमालेले महिलाहरुको समस्याहरुलाई राम्रैसंग बुझेको बताउँदै हरेको वडामा प्रस्सुती गृहको परिकल्पना गरेको उल्लेख गरिन । नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले युवाहरुका लागि उपयुक्त उम्मेदवार पशुपति नेतृत्वको टीम भएको बताउँदै जिताउनका लागि युवाहरु परिचालन हुन पर्ने बताए ।
कार्यक्रम युवा संघ वडा नं. ४ का अध्यक्ष रमेश कुमार दियालीको अध्यक्षता सम्पन्न भएकोमा वडा नं। ४ बाट वडाध्यक्षका उम्मेदवार टेकबहादुर केसीको सहभागिता रहेको थियो । नगर अध्यक्ष दत्तप्रसाद आचार्यलगायतले एमालेको नीति र विचार वडा, नगर हुँदै देश बनाउने भएको बताए ।











