नेकपा माओवादी केन्द्रका स्थानीय नेता नन्दलाल वैश्य राप्रपा प्रवेश गरेका छन् । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका काँग्रेसलाई दिएपछि मेयरमा पार्टीबाट उम्मेदवारीको अपेक्षा राखेका वैश्य निराश थिए ।
राप्रपा महामन्त्री धवल समशेर राणा, जिल्ला अध्यक्ष लगायतका नेताहरुले वैश्यलाई पार्टीमा स्वागत गरेका थिए । सम्बद्ध स्रोतका अनुसार राप्रपाबाट वैश्य नेपालगन्जको मेयर पदमा उम्मेदवार बन्ने सम्भावना रहेको छ ।
वैश्य नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् ।