सम्पादकीय: प्रहरी, ट्राफिक प्रहरी अनि दुर्घटना

चोकचोकमा ट्राफिक प्रहरी तैनाथ गरिएको गल्ती गरेका सवारी चालकहरुसँग जरिवाना वा घुस असल्न होइन, उनीहरुले आफ्नो जिम्मेवारी बोध गर्दाको दिन राजस्व असुली भन्दा कारबाहीको संख्या बढ्छ । कारबाहीको संख्या बढ्दा दुर्घटनाको संख्या कम हुने आशा गर्न सकिन्छ । किनकी पैसा तिरेपछि उन्मुक्ति दिने हाम्रो व्यवस्था र व्यवहारले अपराध घटाएको छैन, बरु प्रोत्साहित गरिरहेको देखिन्छ ।

हामीले पटक–पटक यो विडम्बनाको अन्त जरुरी छ भन्दै आएका छौं, राज्यका तत्तत् निकायले यसको गम्भीर ध्यानाकर्षणका लागि ढिलाई भइरहेको छ । सडक दुर्घटना न्यूनिकरणका लागि राज्यका निकायबाटमात्रै होइन, समुदायस्तरमा पनि प्रयास जरुरी छ । खासगरि, विद्यालयस्तरमा ट्राफिक सचेतनाका शिक्षादेखि उनीहरुकै सहभागितामा अभिभावक जागरणसम्मका अभियान विद्यालयबाट सञ्चालन गर्दा त्यसले पक्कै सकारात्मक परिणाम ल्याउन सक्छ ।

शनिवार एकै दिन बाँकेमा दुई फरक सडक दुर्घटनामा दुइजनाको ज्यान गयो । गतसाता आइतवार राती नेपालगन्जको सुर्खेतरोडमा प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले पैदल यात्रा गरिरहेका तीन जनाको ज्यान लियो । पछिल्लो साता गएका पाँच ज्यानको जवाफदेही को होला ? कसैले जवाफ दिनेवाला छैन, किनकी यो दुर्घटना हो । तर, गम्भीर भएर मनन् गर्ने हो भने यी सबै घटनाका पछाडि व्यक्ति जति जिम्मेवार छन्, त्यो भन्दाबढी राज्यका निकायहरु जिम्मेवार बन्नुपर्छ । किनकी सडक सुरक्षाका लागि ट्राफिक प्रहरी जति जिम्मेवार छ, चोकचोकमा तैनाथ प्रहरी पनि कम्ति जिम्मेवार हुँदैन । बेतोडले हाँकिरहेको कारलाई चोकमा बसेको प्रहरीले थोरैपनि ध्यान दिएको भए, रोक्न सक्थ्यो, चेतावनी दिनसक्थ्यो आइतबारको घटनाले त्यो रुप लिंदैनथ्यो, पक्कै मानवीय क्षति टर्न सक्थ्यो । पैदलयात्रु हिड्ने फुटपाथमा राखिएका निर्माण सामाग्रीदेखि पसलका फर्निचरले अवरोध नभएको भए पक्कै उनीहरु सडकभन्दा फुटपाथमै हिड्थे की ? फुटपाथमा हिडेको भए ज्यान पक्कै जोगिन्थ्यो ।


कोहलपुरमा शनिवार भएका घटनामा पनि गहिरो अनुसन्धान आवश्यक छ । घटनालाई लिएर कोहलपुरमा पनि सडक अवरुद्ध गरिएको समाचार प्रकाशमा आएको छ । सडकमा टायर बालेर, चर्काे नारा उरालेर, शक्ति प्रदर्शनबाट दबाब दिने अवस्था भनेको न्याय प्रणाली, प्रहरी प्रशासन प्रतिको बढ्दो अविश्वास हो । हामीले पटक–पटक यो विडम्बनाको अन्त जरुरी छ भन्दै आएका छौं, राज्यका तत्तत् निकायले यसको गम्भीर ध्यानाकर्षणका लागि ढिलाई भइरहेको छ । सडक दुर्घटना न्यूनिकरणका लागि राज्यका निकायबाटमात्रै होइन, समुदायस्तरमा पनि प्रयास जरुरी छ । खासगरि, विद्यालयस्तरमा ट्राफिक सचेतनाका शिक्षादेखि उनीहरुकै सहभागितामा अभिभावक जागरणसम्मका अभियान विद्यालयबाट सञ्चालन गर्दा त्यसले पक्कै सकारात्मक परिणाम ल्याउन सक्छ ।

वास्तवमा, सडक दुर्घटना न्यूनिकरणमा राज्य संरचना असफल छ । त्यसैले पनि नागरिक अग्रसरता र समुदाय परिचालन आवश्यक छ । खासगरी, ट्राफिक प्रहरी असुल्नमा व्यस्त भएको देखिन्छ । नेपाल प्रहरीका बीटहरुमा बस्नेले ट्राफिक उलंघनका घटनातिर चासो दिएको देखिन्न । चोकचोकमा ट्राफिक प्रहरी तैनाथ गरिएको गल्ती गरेका सवारी चालकहरुसँग जरिवाना वा घुस असल्न होइन, उनीहरुले आफ्नो जिम्मेवारी बोध गर्दाको दिन राजस्व असुली भन्दा कारबाहीको संख्या बढ्छ । कारबाहीको संख्या बढ्दा दुर्घटनाको संख्या कम हुने आशा गर्न सकिन्छ । किनकी पैसा तिरेपछि उन्मुक्ति दिने हाम्रो व्यवस्था र व्यवहारले अपराध घटाएको छैन, बरु प्रोत्साहित गरिरहेको देखिन्छ । त्यसतर्फ जिम्मेवार अधिकारीहरु गम्भीर हुनु आवश्यक छ । (दैनिक नेपालगन्ज, ५ बैशाख, २०७९) https://dainiknepalgunj.com/view/225/dainik-nepalgunj–baisakh-05-2079/2

प्रतिक्रिया

प्रतिक्रिया