किशोरी बलात्कार आरोपमा युवा पक्राउ

किशोरी बलात्कारको आरोपमा बर्दिया प्रहरीले एक जनालाई शनिवार राती पक्राउ गरेको छ । स्थानीय १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

बर्दिया प्रहरीका अनुसार, सुर्खेत ब्राह्राताल गाउँपालिका–४ घर भएका २५ वर्षीय कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको अभियोग छ ।

‘जबरजस्ती गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो,’ बर्दिया प्रहरीले भनेको छ, ‘यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया