प्रवक्तामा निरौला
नेकपा एमाले बाँकेले कार्यविभाजन गरेको छ । एमालेले दिएको जानकारी अनुसार, पार्टी अध्यक्ष किस्मत कुमार कक्षपतिले अन्तरपार्टी निर्देशन जारी गरि कार्यविभाजन सार्वजनिक गरेका हुन् ।
एमाले बाँकेको प्रवक्तामा सतिश निरौला चयन भएका छन् । पार्टी उपाध्यक्ष डिल्ली बिसीले स्कूल विभाग र सचिव रत्न खत्रीले संगठन विभाग सम्हाल्ने भएका छन् । स्कूल विभागमा पार्टी उपसचिव दीपक कुमार बर्मा, हिमान्सु यादव र किरण ढकाललाई उप–प्रमुख तोकिएको छ । यादव र ढकाल हालै जिल्ला कमिटीमा मनोनित भएका हुन् ।
आर्थिक विभागमा अशोक कर्माचार्य र ऐन बहादुर हमाल कानुन विभाग प्रमुख छन् । विभिन्न २५ वटा विभाग बनाइएको छ ।











