बीबीसी मास्टर सेफ साहलाई नेपालगन्जमा स्वागत

ब्राइटल्याण्ड कलेजका अध्यक्ष नयाराम पौडेल, होटल म्यानेजमेन्ट कोअर्डिनेटर भरत विष्ट लगायत शिक्षक, विद्यार्थीहरुले साहसहितको टोलीलाई स्वागत सम्मान गरेका हुन् ।


मौलिक खाना प्रवद्र्धनका लागि नेपाल आएको मास्टर सेफ सन्तोष साहसहितको टोली नेपालगन्ज आइपुगेको छ । शुक्रवार बर्दियाका लागि आएको बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता साह सहितको टोलीलाई नेपालगन्ज विमानस्थलमा ब्राइटल्याण्ड कलेजले भव्य स्वागत सम्मान गरेको छ ।


नेपालमा विभिन्न प्रचारात्मक गतिविधिमा सक्रिय सेफ टोली पोखरा, जनकपुरसँगै बर्दिया पुग्ने कार्यक्रमका क्रममा नेपालगन्ज विमानस्थलमा स्वागत गरिएको ब्राइटल्याण्ड कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर भरत विष्टले जानकारी दिए । ब्राइटल्याण्ड कलेजका अध्यक्ष नयाराम पौडेल सहित शिक्षक तथा होटल म्यानेजमेन्टका विद्यार्थीहरुले साहसहितको टोलीलाई स्वागत सम्मान गरेका हुन् । ब्राइटल्याण्ड कलेज यस क्षेत्रमै होटल म्यानेजमेन्टको प्रतिष्ठित कलेज हो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिन नेपाल आएका हुन् ।


पाटाको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा साहसहितको टोलीलाई नेपाल बोलाइएको थियो । नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुने साहसहितको टोली त्यसक्रममा बर्दियास्थित डल्ला होमस्टे, निकुन्ज लगायतका पर्यटकीय गन्तव्यमा फुड कल्चर रिसर्चका लागि यहाँ आएको हो । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवर्धनात्मक कार्यक्रमसहित मास्टरसेफद्वारा नेपाली खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिने बताइएको छ ।


टोलीमा पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी लगायत सहभागी रहेको हस्पिटालिटी विज्ञसमेत रहेका ब्राइटल्याण्ड कलेजका बिएचएम कोअर्डिनेटर विष्टले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया