कोहलपुरमा ‘ब्राउनसुगर डिलर ?’ अप्रेशनमा प्रहरी

कुबेरजंग शाही
अपराध नियन्त्रणमा कोहलपुर प्रहरीले सक्रियता देखाएको छ । त्यसक्रममा ठुलोमात्रामा लागुऔषधसहित एकजना पक्राउ परेका छन् भने अपराधका अन्य घटनामा पनि प्रहरी सफलता हात परेको हो ।


मंगलबार दिउँसो १ बजे तिर कोहलपुर चप्पर चौडी रोहिनी खोला नजिक अबैध लागू औषध ब्राउन सुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा खटेको टोलीले कोहलपुर नगरपालिका वडा न.१२ बस्ने मुन्ना भनिने जगतलाई के.सी लाई खोजतलास गर्दा उनको साथबाट ८० ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।


त्यसैगरी उनको झोला बाट लागु औषध ब्राउन सुगर नापतौल गर्ने सकिने एटम लेखेको डिजिटल तराजु एक थान, सिमकार्ड –२ थान, निजले प्रयोग गर्ने लु १२ ख प २९० नम्बरको पहेंलो कालो स्कुटर समेत बरामद गरेको बताइएको छ । ‘घटना विवरण बुझ्दै जाँदा केसी ठुलै संयन्त्रमा जोडिएको देखिन्छ,’ इप्रका प्रहरी स्रोत भन्छ, ‘प्रहरीले लहरो तान्दा पहरोसम्मनै आउने देखिन्छ ।’


केहलपुर क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐन बहादुर मल्लले अबैध लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) का मुख्य नाइके मुन्ना भनिने जगत के.सी लाई पक्राउ गरिएको जानकारी दिए । जगत के.सी लामो समयदेखि लागु औषधको कारोबार गर्ने मुख्य नाइके भएको डिएसपी मल्लले भने, ‘यद्यपि यस्ता घटना नियन्त्रणमा हामी प्रतिबद्ध छौ ।’

आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शीता र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बद्ध सबै संग छलफल तथा परामर्श भइरहेको मल्लले बताए ।

कोहलपुर प्रहरीले होटलको ताल्चा फोडेर चोरी कार्यमा संलग्नहरुलाई पनि पक्राउ गरि कानुनी कारबाही अगाडी बढाएको जनाएको छ ।


ईलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिबार बसपार्क नजिकबाट बेवारिसे २ लाख ४० हजार बराबरको लेडिज सुट पेन्ट कपडा बरामद गरि आवश्यक कारबाही लागि राजस्व अनुसन्धान कार्यालय पठाएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया