संगठनमा प्रा.डा.बेदराज केसी

प्रगतिशिल प्राध्यापक संगठनको केन्द्रीय अध्यक्षमा प्राध्यापक डाक्टर बेदराज केसी निर्वाचित भएका छन् । शनिबार भएको संगठनको महाधिवेशनले प्रा.डा. केसीको अध्यक्षतामा सर्वसम्मत केन्द्रीय समिति निर्वाचित गरेको हो ।

केन्द्रीय समितिमा बाँकेबाट उपप्राध्यापक डा. चक्र बम, उपप्राध्यापक भुवनेश्वर लामिछाने र तोयानाथ पहाडी निर्वाचित भएका छन् । संगठनको दशौं राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया