दैनिक नेपालगन्जकर्मी गौतमलाई सम्मान

उपभोक्ता हित संरक्षण मञ्च नेपालको केन्द्रिय अध्यक्षमा ज्योती बानिया सर्वसम्मत

उपभोक्ता हित संरक्षण मञ्च नेपालको केन्द्रिय अध्यक्षमा ज्योती बानिया सर्वसम्मत निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न मञ्चको १४ साधारण सभाले बानियाको अध्यक्षतामा ३५ सदस्यिय कार्यसमिति निर्वाचित गरेको हो ।

बानिया यस अघि पनि अध्यक्ष थिए । साधारण सभाले उपाध्यक्षमा क्रममा मेघराज श्रेष्ठ, अजय अधिकारी, सुर्वणप्रभा गुरागाई, सुरेन्द्र थापा मगर, केशव शर्मा, धनपति ढुंगेल र बासु खतिवडालाई चयन गरेको छ । मञ्चको महासचिवमा बिष्णु तिमिल्सेना र कोषाध्यक्षमा पोषकला श्रेष्ठ निर्वाचित भएको मञ्चले जनाएको छ ।

दैनिक नेपालगन्जमा स्तम्भकार समेत रहेका बाँकेका उपभोक्ता अधिकारकर्मी वसन्त गौतम पुनः मञ्चको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

गौतम सम्मानित

स्वच्छ बजार र उपभोक्ता हित संरक्षणको क्षेत्रमा अतुलनिय कार्य गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता अधिकारकर्मी अधिवक्ता बसन्त गौतमलाई सम्मान गरेको छ । मञ्चका केन्द्रिय अध्यक्ष ज्योती बानिया लगायतका पदाधिकारीद्वारा दिइएको सम्मान पत्रमा उपभोक्ता अधिकारको क्षेत्रमा अतुलनिय कार्य गरेकोले उच्च सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको जनाईएको छ । सम्मानित ब्यत्तित्व वसन्त गौतमले सम्मानले उपभोक्ता अधिकार र मानव अधिकारको क्षेत्रमा अझ बढी क्रियाशिल भई लाग्न प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

प्रतिक्रिया