राष्ट्रिय भूमि आयोगले बाँके शाखालाई पूर्णता दिएको छ । आयोगका अध्यक्ष श्रवण कुमार यादवले आयोगका नवनियुक्त सदस्य मिना सिग्देल, भगवति अधिकारी, अशोक पोरखेललाई शुक्रबार सपथ ग्रहण गराएका हुन् ।

प्रदेश सभा सदस्य आइपी खरेल, जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव, सहसंयोजक ज्ञानेन्द्र चौधरी, जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धिताल, काँग्रेस बाँकेका सभापति नारायण पौडेल, माओवादी जिल्ला संयोजक डम्मर विक तुफान, जसपा अध्यक्ष कमरुद्दिन राई, नेकपा एसका सचिव दिपक जिएम लगायतले आयोगलाई सुझाव दिएको अध्यक्ष यादवले जानकारी दिए ।
यादवलाई यसअघि अध्यक्षमा नियुक्ति दिएपनि सदस्यको मनोनयन पठाइएको थिएन । काँग्रेसबाट सिग्देल, एसबाट अधिकारी र माओवादीका पोखरेललाई समितिमा राखेर आयोगलाई पूर्णता दिइएको हो । अध्यक्ष यादव जसपाका नगर अध्यक्ष हुन् ।











