‘रेल मैले ल्याएँ उद्घाटन देउवाले गर्नुभयो’: ओली

भावुक योगी

प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको नेकपा एमालेका अध्यक्ष एवं पर्वू प्रधानमन्त्री केपी शर्मा ओलीले म प्रधानमन्त्री हुँदा मैले किनेको रेल भारतको दिल्लीमा गएर गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको बताए ।

‘मैले गरेको कामको सुरुमा बिरोध गर्ने अहिले उद्घाटन गरेकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहान्छु, मलाई हाँसो लाग्छ, मैले सुरुवात गरेँ अहिले शेर बहादुर देउवाले उद्घाटन गर्नुभयो’, उनले भने ।

‘बर्दियाको सदरमुकाम गुलरियामा आयोजित नेपाल भुमिहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेशन कार्यक्रमको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पहिले खिल्ली उडाउने अहिले देउवाले उद्घाटन गर्ने, एमाले सरकारले कुनै पनि विकासको कामको सुरुवात गर्दा विरोध गर्ने अहिलेको सरकारले यतिबेला उद्घाटन गर्दा खुसी मनाइरहेका छन्’, ओलीले थपे । उनले देश बनाउने अभियानमा सहभागी हुनका लागि सबैलाई आफ्नो पार्टीमा आउन आग्रह गरे । एमाले बाहेक कुनै पनि पार्टी नेपाली जनताका लागि ठिक नभएकाले एमालेमा आउन र देश बनाउने अभियानमा सहभागी हुन आग्रह गरे ।

गठबन्धनको सरकारले एमालेका पालामा भएका काम उद्घाटन गरिरहेको पूर्व प्रधानमन्त्रीले बताए । बर्दियाको गुलरियामा आयोजित नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेसन कार्यक्रमको उद्घाटन सत्रको सम्बोधन गर्दै नेकपा एमाले गरेको काम प्रति अहिलेको सरकारले पछ्याइरहेको समेत नेकपा एमालेका अध्यक्ष ओलीले बताए ।

देशमा एमाले सरकारले एकै वर्षमा ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेको छ, सरकारबाट एमाले हाट्न साथ अहिलेको सरकारसंग पैसा छैन, फरक प्रसँगमा घरको धुरीमा एउटा गिद्ध बस्यो भने घर अशुद्ध हुन्छ र अलिछिन लाग्ने बताउँदै अहिले पाँच वटा गठबन्धनको घरको धुरीमा बसेका गिद्धले सरकार चलाएको भन्दै अलिछिन् पसेको व्यंग्य गर्दै एमाले अध्यक्ष ओलीले भने ।

नेकपा एमालेका अध्यक्ष ओलीले देशको विकास र समृद्धिका लागि स्थानीय तहको चुनावमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने समेत दाबी गरे । मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने समेत उनले दाबी गरे ।

अध्यक्ष ओलीले केहिदिन अघि बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई तुरुन्तै जस्तापाता दिएको र अब प्रति घरपरिवार एक लाख रुपैयाँ दिने र आगामिी दिनमा जो कोही पनि प्रकोपमा परेमा एमाले साथमा छ भन्ने सोंच्न आग्रह गर्दै एमालेको सरकार आएको पहिलो वर्ष त सकिन्न होला दोस्रो वर्ष वृद्ध भत्ता ५ हजार पुर्याउने दाबी गरे ।

यस्तै नेपाली कांग्रेसबाट विजयी बर्दियाको गुलरिया नगरपालिकाका नगर उपप्रमुख सुशिला गिरी र वडा नम्बर ६ का वडाध्यक्ष निरज शर्मा नेकपा एमालेमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसबाट बिजयी बर्दियाको गुलरिया नगरपालिका उपप्रमुख र वडा नम्बर ६ का वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि नेकपा एमालेका अध्यक्ष ओलीले माला लगाएर स्वागत गरेका थिए ।

बर्दियाको सदरमुकाम गुलरिया आँप बगैँचामा आयोजित नेपाल भुमीहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेशन कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भ्रममा परेर अरु पार्टीमा रहेको बर्दिया गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरी र वडा नम्बर ६ का वडाध्यक्ष निरज शर्मा पनि झुक्किएर कांग्रसमा रहेपनि अहिले आफै पार्टीमा फर्किएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया