नाट्टा बाँके च्याप्टर नेतृत्वमा सिग्देल

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको अध्यक्षमा श्रीराम सिग्देलले निरन्तरता पाएका छन् । नाट्टा बाँके च्याटरको शनिवार भएको अधिबेशनले सिग्देलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।


तदर्थ समितिदेखिनै नेतृत्व गर्दै आएका सिग्देलले नाट्टाको स्थानीय च्याप्टरलाई नयाँ उचाईंमा पुर्याउन आफुलाई टिमले विश्वास गरेको प्रतिक्रिया दिए । अधिकांश पुरानै टिमलाई निरन्तरता दिएको नाट्टा अधिवेशनले पर्यटकीय क्षेत्रका नयाँ योजना छिट्टै अघि सार्ने जनाएको छ ।
निर्वाचन अधिकृत अधिवक्ता विश्वजीत तिवारीका अनुसार, अधिवेशनबाट उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा झविलाल शर्मा, सचिवमा भागिराम वली, कोषाध्यक्षमा राम श्रेष्ठ, सह कोषाध्यक्षमा कुमार चाल्र्स श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा शम्भू कुमार बुढाथोकी, लवराव प्रधान, बेवी कुमारी मण्डल, मो अजमल सिद्दिकी, कुल बहादुर के.सी सर्वसम्मत निर्वाचित भएका हुन् ।

पर्यटन क्षेत्रको विकासमा विशेष नीति माग

प्रतिक्रिया

प्रतिक्रिया