अण्डर विलिङको समस्या केन्द्रदेखिनै हल गर्न ध्यानाकर्षण

खुद्रा व्यवसायीबीच अन्तर्क्रिया


खुद्रा व्यवसायी संघले आफ्ना व्यवसायिक समस्या र सम्भावनालाई लिएर वृहत अन्तक्र्रिया आयोजना गरेको छ ।
संघका अध्यक्ष शिव प्रसाद दाहालको अध्यक्षता भएको कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उपभोक्ता हित संरक्षणका सवालमा आफ्ना धारणा राखेका थिए । उनले खुल्ला सिमाना, बैंकको बढ्दो व्याजदर लगायत समस्या रहेको बताउँदै स्थानीय व्यवसायीहरूले उपभोक्तालाई विश्वास दिलाउन नसक्दा सिमापारीबाट गुणस्तरहीन सामान किन्न बाध्य भएको बताए ।


नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण समिति संयोजकसमेत रहेकी नेपालगन्ज उप महानगरपालिका उप प्रमुख उमा थापा मगर, आन्तरिक राजश्व कार्यालयका निमित्त प्रमुख सुर्य खत्री ,बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख कृष्ण पौडेल, उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिंह ठकुरी लगायतले बोलेका थिए ।


नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले आपसी हितका लागि व्यवसायीहरू एकजुट हुनुपर्ने कुरामा जोड दिए । व्यवसायीहरूलाई अण्डर बिलिङ्गको समस्या केन्द्रीय समस्या भएकोले केन्द्रबाटनै समाधान गर्नुपर्ने भएकाले स्थानीयस्तरमा दुःख नदिन अध्यक्ष मन्सुरीले आग्रह गरे ।


नगर उप–प्रमुख थापाले व्यबसायीले स्थानीय निकायमा बुझाउने घरबहाल कर घर धनीलेनै बुझाउनु पर्ने बताउदै उपभोक्ताको अधिकारको संरक्षण गर्दै व्यवसाय संचालन गर्न आग्रह गरेकी थिइन् ।


कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला बस्तुगत संघ संगठनका अध्यक्ष तथा खुद्रा व्यवसायीबीच राजश्वका परिबर्तित ऐन, नियम, अनुगमन तथा उपभोक्ता अधिकार सम्बन्धि प्रस्तुतिहरु गरिएको संघका अध्यक्ष दाहालले जानकारी दिए ।


संघका उपाध्यक्ष हिमनाथ पौडेल स्वागत गरेको कार्यक्रम सचिव युबराज काफ्लेले सहजीकरण गरेका थिए । संघले व्यवसायिक हितसँगै उपभोक्ताका सवालमा यसरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया