अबको ध्येय बास महासंघ: नमस्कार शाह, कार्यकारी निर्देशक

हाम्रो योजना सबै युवाहरुलाई गैर सरकारी क्षेत्रमैं सिमित राख्ने हुँदै होइन, हाम्रो योजना जिम्मेवार नागरिक, सचेत युवा, जागरुक व्यक्ति बनाउँदै आत्मनिर्भर समाज बनाउने हाम्रो अभियान हो । यो अभियान अधिकारमुखी मात्रै होइन कर्तव्यमुखी पनि हो ।

तपाईं त संस्थापक पनि, बासलाई अब कसरी अगाडी बढाउने योजना हो ?


बासलाई सशक्त नागरिक समाज संस्था, अग्रणी प्रतिनिधिमुलक संस्था बनाउने मेरो सपना छ । यस संस्थालाई बिस्तारै महासंघको स्वरुपमा लैजाने मेरो ध्येय रहेको छ ।
युवाहरु संगठित गर्दै लैजाने तपाईंको योजना गैरसरकारी क्षेत्रमैं सिमीत हुन्छ की उत्पादनका क्षेत्रमा पनि युवा प्रेरणा दिने ?
हाम्रो योजना सबै युवाहरुलाई गैर सरकारी क्षेत्रमैं सिमित राख्ने हुँदै होइन, हाम्रो योजना जिम्मेवार नागरिक, सचेत युवा, जागरुक व्यक्ति बनाउने मात्रै होइन, आत्मनिर्भर समाज बनाउने हाम्रो अभियान हो । यो अभियान अधिकारमुखी मात्रै होइन कर्तव्यमुखी पनि हो । हाम्रो उत्प्रेरणाले धेरै युवाहरु परिवर्तनका बाहक मात्रै बनेका छैनन्, उत्पादन, स्वरोजगार, रोजगार प्रदान गर्नुका साथै हरेक क्षेत्रको नेतृत्वदायी भुमिकामा पुगेका छन् ।

वास्तवमा यति लामो इतिहास बोकेको संस्था बासले उपलब्धिहरुलाई कसरी चित्रण
गर्ने ?


उपलब्धीहरुको आँकलन गर्न जरुरी छ बासले । बासले भ्रष्टाचार बिरुद्धको बृहद् सञ्जाल बनाउनुका साथै युवाहरुको सशक्तिकरण, भ्रष्टाचार बिरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने कार्य गर्नुका साथै युवाहरुलाई सत्मार्गमा लाग्न उत्प्रेरणा प्रदान गरेको छ । युवाहरुलाई हरेक क्षेत्रको नेतृत्वमा पुर्याएको छ । सामाजिक परिवर्तनमा अनुभूति हुने खालका कार्य गर्न सफल भएको छ । मुलुकमा व्याप्त भ्रष्टाचारका बिरुद्ध औंला ठड्याउनु पर्दछ भन्ने मानसिकताको बिकास गर्न बास नेपाल सफल भएको छ ।


तपाईं त गैसस महासंघको पनि अध्यक्ष, अब गैससहरुले आफ्नो काम समीक्षा पो गर्ने होकी, की बेला अझै भएको छैन ?


समीक्षाको बिषय नियमित प्रकृयागत बिषय हो । यो नियमित भइरहेको छ, हुनुपर्दछ । समीक्षा गरेर अब गैससहरुले आन्तरिक लोकतन्त्रको प्रबद्र्धनका साथै गैससहरुको सशक्त भुमिका, प्रभावकारी परिचालन, राजनीतिक संलग्नताको अन्त्य जस्ता बिषयहरु कार्यान्वयन गर्नुपर्दछ ।
बासलाई देशभरि पुर्याउनु भयो, कस्तो रह्यो अनुभव ?
यस कार्यलाई मेरो जीवनको सबै भन्दा ठूलो उपलब्धीको रुपमा लिएको छु । दुःखद अनुभव छैनन्, सुखद र राम्रो अनुभव यस क्रममा मैले गरे, अहिले बासले संस्थालाई अन्तर्राष्ट्रियकरण पनि गर्दैछ, सो क्रममा अहिले बासले ८ वटा देशमा प्रतिनिधिको जिम्मेवारी दिन सफल भएको छ ।


युवा क्षेत्रमा अहिले देखिएका समस्यालाई कसरी बुझ्नु भयो, बासको अभियानका क्रममा ?


युवाहरुमा परनिर्भरता, दलहरुको पिछलग्गु भावनाका साथै, रातारात धनी हुने भ्रममा पथभ्रष्ट हुने सम्भावना छ । उनीहरु बिभिन्न दुव्र्यसनहरुमा फँस्नुको साथै गुण्डागर्दी र पश्चिमा संस्कृतिले युवाहरुलाई गाँजिरहेको छ । भने, सकारात्मक पक्ष युवाहरुको सामाजिक संलग्नता बढिरहेको छ, हरेक तहको नेतृत्वमा युवाहरुको संलग्नता रहेकोछ । उद्यमशिलता लगायतका कार्यहरुमा युवाहरुको सहभागिता रहेको छ, बासको अभियान पनि युवाहरुलाई प्रतिबद्ध, नैतिकवान बनाउने हो ।


अन्तमा, तपाईले यो महाधिवेशनबाट दिने सन्देश केहो ? महाधिवेशनका अपेक्षा कस्ता छन् ?
बासलाई राष्ट्रकै अग्रणी संस्था बनाउने, भ्रष्टाचार बिरुद्धको बिगुल फुक्ने र सशक्त नेतृत्व चयन गर्ने ध्येय महाधिबेशनको छ ।
(दैनिक नेपालगन्ज पत्रिकामा प्रकाशित)

प्रतिक्रिया

प्रतिक्रिया