प्रजातात्रिक योद्धा सुशीला शर्माको निधन

प्रजातान्त्रिक आन्दोलनकी अगुवा महिला सुशीला शर्माको गएराती निधन भएको छ । नेपाली काँग्रेस बर्दियाका पूर्वसभापति स्व. ज्ञानराज शर्माकी धर्मपत्नी शर्माको ८३ बर्षको उमेरमा बुधवार अबेरराती भेरी अस्पतालमा निधन भएको हो ।


नित्यपुजाका क्रममा आगो सल्किएर सामान्य घाइते शर्माको उपचारका क्रममा दिनहुँ स्वास्थमा समस्या आएको थियो । दुईसातादेखि अस्पतालमा रहेकी उनको निधन भएको खबरपछिपछि राजनीतिक क्षेत्रका धेरै व्यक्तित्वहरु बेलासपुरस्थित निवास पुगेका थिए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको शर्मा परिवारको जेष्ठ सदस्यको निधनले नेपाली काँङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको भन्दै काँग्रेस नेताहरुले शोक व्यक्त गरे ।

‘भूमिगत अवस्थामा आमाको सक्रियता निकै थियो,’ पुराना दिन सम्झँदै डा. रिसालले
दैनिक नेपालगन्जसँग भने, ‘अहिलेपनि बर्दिया काँग्रेसको राजनीतिमा उहाँको सक्रियता घटेको थिएन् ।’


प्रजातान्त्रिक चिकित्सक संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रहेका भेरी अस्पतालका बरिष्ठ चिकित्सक डा.संकेत कुमार रिसाल, नेपाल बिद्युत प्राधिकरणका वरिष्ठ इन्जिनियर सुबोध शर्मा र मनोज शर्माकी आमा स्व. शर्माको सम्मानमा विहीवारनै काँग्रेसले शोकसभा गर्यो ।
शर्मा निवासमै पुगेका राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पार्टी सभापति नारायण गौडेल, निवर्तमान सभापति किरण कोइराला, पूर्वमन्त्री गजेन्द्र हमाल लगायतले स्व. शर्मालाई पार्टी झण्डा ओडाएर सम्मान गरे ।

श्रीमानलाई आन्दोलनमा सघाएर आफुपनि उत्तिकै सक्रिय स्व. शर्मा महिलालाई राजनीतिक सशक्तिकरणमा होमिएकी थिइन् । ‘भूमिगत अवस्थामा आमाको सक्रियता निकै थियो,’ पुराना दिन सम्झँदै डा. रिसालले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेपनि बर्दिया काँग्रेसको राजनीतिमा उहाँको सक्रियता घटेको थिएन् ।’

प्रतिक्रिया

प्रतिक्रिया