स्थान अभावमा बालकहरु शौचालय अगाडी सुत्न बाध्य, रातीमा शौचालय जानमा समस्या
बाँके स्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालक राखिदा त्यहाँ रहेका बालकहरु कष्ठकर दैनिकी बिताउन बाध्य भैरहेका छन् । बाँकेको गर्मीमा बालकहरु एकै कोठामा ८३ जनासम्म बालक राखिएको छ । साना ठुला गरि जम्मा ५ कोठामा राखिएको बालकहरु ठुला दुईवटा हल मध्ये एउटामा ८३ र अर्कोमा ७३ जना बालकहरु कोचाकोचा रुपमा बस्न बाध्य छन् । बाकी बालकहरु साना, कोठा शौचालय अगाडिको भागमा समेत सुत्न बाध्य छन् । क्षमता भन्दा बढी बालक राखिदा शौचालय जाँदा पालो पर्खनु पर्ने समस्या छ भने ढलको समुचित ब्यवस्था नहुँदा फोहर पानी गन्हाउने समस्या हुने गरेको छ ।
७० जनाको क्षमता भएको बाँके स्थित बालसुधार गृहमा हाल १८५ जना बालकहरु रहेको बालसुधार गृहकी इन्जार्ज बिमला काउचा मगरले जानकारी दिइन् । ठुलो समस्या भनेकै क्षमताभन्दा बढी बालक हुनु हो । सिमित कोठामा धेरै बालक राख्नु पर्दा ब्यवस्थापनमा समस्या भएको मगरले बताइन् ।
बालसुधार गृहमा क्षमता भन्दा बढी बालक राख्दा बाँकेको गर्मीको बसाई निकै कष्ठकर भएको त्यहाँ रहेका बालकहरुले अनुगमनमा गएका एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतमसंग गुनासो गरेका छन् । एउटै कोठामा ८३ जनासम्म टाँसिएर बस्नु पर्छ, जसका कारण छाला रोगको संक्रमण फैलिएको बालकहरुले गुनासो गरे । सुधार गृहमा ५० बढी बालकहरु छाला रोगको संक्रमणले ग्रहित रहेका छन् ।
सुधारगृहमा सुत्ने कोठा नपुगेर शौचालय अगाडी पनि बिस्तरा लगाएर सुत्न पर्ने बाध्यता रहेको बालकहरुले गुनासो गरेका छन् । १८५ जना बालकहरुका लागी जम्मा ४ वटा शौचालय रहेको र बिहानमा पालो पर्खेर शौच जानु पर्ने बाध्यता रहेका बालकहरुले अप्ठेरो सुनाए । बालसुधार गृहमा अन्य समस्या त छदै छ त्यस माथी ढलको उचित ब्यवस्थापन हुन नसक्दा भान्सा पछाडी ढलको पानी गन्हाउने, लामखुट्टेले सताउने गरेको पीडा बालकहरुले सुनासो गरेका अधिकारकर्मी गौतमले बताए ।
जान अन्जानमा कानूनको बिवादमा परेका बालबालिकाहरुलाई उनीहरुले गरेको गल्तीको महसुस गराई असल नागरिक बनाई सुधारेर समाजमा पुनस्थापन गराउने ध्येय भए पनि नेपालका बालसुधार गृहहरु सुधार गर्ने खालका छैनन । त्यस माथि स्वास्थ्य शिक्षा, मनोरञ्जनको ब्यवस्था पनि समुचित तवरबाट हुन सकेको पाइदैन ।
बाँकेका पछिल्लो समय बालसुधार गृहमा रहेका बालकहरुको अध्ययनका लागी २ जना शिक्षकको ब्यवस्था गरिएको छ भने सुधार गृहमा रहेका ५ जना बालकहरुले स्वयमसेवी रुपमा पढाउने गरेका छन् । जसले गर्दा त्यहाँ ५ देखि ८ कक्षासम्मको दैनिक रुपमा बढाउने गरिएको बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले बताईन । अध्ययन नगरेका बालकहरुलाई आधाभुत शिक्षा दिई ५ कक्षामा भर्ना गराएर अध्ययन गर्ने ब्यवस्था मिलाईएको छ ।
साथी समुह बालकहको भावी योजना बनाउने सहारा बन्दै
एडभोकेसी फोरम नेपालले बालसुधार गृहसंगको सहकार्यमा निर्माण गरेको एभभच न्चयगउ (साथी समुह) प्रभावकारी भएको बालकहरुले बताएका छन् । बालसुधार गृहमा रहेका १७ बालकले गत माघ महिनामा साथी समुह बनाएका थिए । १७ जना बालकले आफै एक÷ एक जना साथी राजेर ३४ जनाको समुह बनेको थियो ।
साथी समुह निर्माणले साथी मार्फत आफ्ना भावना साटासाट गर्न, भविष्यको योजना बनाउन मद्दत पुगेको बालकहरुले प्रतिक्रिया दिएका छन् । साथी समुह निर्माणले साथीसंग आफ्ना भावना साट्न भविष्यको योजना बनाउन, सुधार गृहबाट छुटे पछि बाहिर गएर भन्जानमा भएको गल्ती सुधार गर्दै राम्रो मान्छे बन्ने बिषयमा छलफल हुने गरेकाले साथी समुह छलफल निकै प्रभावकारी बन्दै गएको बालकहरुले अनुभव सुनाएका थिए । साथी समुहमा रहेका बालकहरुले र गोपनियता कायम राख्दै दुई जना साथीको बिचमा दैनिक रुपमा कम्तिमा १ घण्टा कुराकानी गर्ने गरेको यसले साथीहरुका बिचमा आत्मीयता बढ्दै गएको अनुभव सुनाए ।
एडभोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतमले सुधार गृहमा बालबालिकाको आधारभुत बालअधिकार उपभोगको वातावरण हुनु पर्ने भन्दै अध्ययनका साथै सिपमूलक ज्ञान र सुधारका पूर्वाधार हुनु पर्नेमा जोड दिए ।











