कर्मचारी मिलन केन्द्रमा अधिकारी

शनिबार भएको कर्मचारी मिलन केन्द्रको अधिवेशनले कोलेनिका नेपालगन्जका प्रमुख खडानन्द अधिकारीको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।

केन्द्रको उपाध्यक्षमा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डे, सचिवमा औद्योगिक क्षेत्र लिमिटेडका कृष्ण बहादुर पुन, सहसचिवमा कुखुरा विकास फर्म खजुराका प्रमुख डा. शंकर न्यौपाने, कोषाध्यक्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अमित भुषण सुमनलाई चयन गरिएको छ ।

सदस्यहरुमा जिल्ला अदालत बाँकेका श्रेस्तेदार तिर्थराज भट्ट, औषधी व्यवस्था विभाग नेपालगन्जका प्रमुख निनु श्रेष्ठ, नेपालगन्ज उपमहागरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ, खाद्य आयात, निर्यात तथा गुणस्तर प्रमाणिकरण कार्यालयका सन्तोष दाहाल, डिभिजन वन कार्यालयका अधिकृत गणेश बहादुर खड्का, कृषि अनुसन्धान निर्देशनालय खजुराका सुमन बोहोरा, कृषि कै रविन गिरी रहेका छन् ।
प्रमुख सल्लाहकार समितिमा जिल्ला न्यायाधीश खडानन्द तिवारी, संरक्षकमा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, सल्लाहकरमा जिल्ला प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी, उप अनुसन्धान निर्देशक नरेन्द्र गिरीलाई चयन गरिएको छ ।

केन्द्रका कार्यवाहक अध्यक्ष गोविन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमममा प्रमुख अतिथि जिल्ला न्यायाधीश खडानन्द तिवारी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, अतिथि बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रतिक्रिया