प्रधानमन्त्री कपः सेमिफाइनलमा नेपाली सेना र हरियाणा

नेपालगन्जमा रंगशाला कबर्डहलमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आआफ्नो समूह विजेता हुन सफल भएका छन् । शनिवार भएको खेलपछि उनीहरु सेमीफाइनलमा प्रवेश गरेका हुन् ।


पहिलो खेलमा हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा पक्का ग¥योे । उक्त खेलमा हरियाणाकी निर्मला प्लेयर अफ द म्याच घोषित भइन् । हरियाणा पुल ए मा विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा हरियाणाले न्यू डायमन्ड एकेडेमीसँग खेल्नेछ ।


शनिबारनै भएको अर्काे खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो । उक्त खेलमा त्रिभुवन आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् । आर्मी पुल बीमा विजेता बन्दै सेमिफाइनल पुगेको हो । उसले पुल ए को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।


नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रधानमन्त्री कप: हरियाणा र न्यू डायमण्डलाई जीत

प्रतिक्रिया

प्रतिक्रिया