नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण देवकोटा निर्वाचित भएका छन् । बिहिबार बुटवलमा भएको प्रथम अधिवेशनले रुपन्देहीका देवकोटाको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

बाँकेका चन्द्र प्रसाद श्रेष्ठ तथा प्युठानकी नारायणी जिसी उपाध्यक्षमा निर्वाचित भए। त्यसैगरी दाङका दिनेश आचार्य सचिव चयन भएभने गुल्मीका प्रेम भण्डारी र अर्घाखाँचीका केपी भट्टराई उपसचिवमा निर्वाचित भएका छन् ।
त्यसैगरी रुपन्देहीका खेम पाण्डे कोषाध्यक्षमा चयन भए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि एवं महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराएका थिए ।
कार्यक्रममा महासंघका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल तथा स्थायी कमिटी सदस्य लुम्बिनी प्रदेशका ईन्चार्ज भीम ओलीले खेलकुद विकासका सन्दर्भमा धारणा राखेको प्रवक्ता उमेश केसीले जानकारी दिए ।