घरेलु तथा साना उद्योग महासंघको नेतृत्वमा उमेश प्रसाद सिंह निर्वाचित भएका छन् । वीरगन्जमा शुक्रबार भएको निर्वाचनबाट बाँकेका पूर्ण बहादुर भण्डारी र महिला तर्फ कृष्णा पाठक केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका हुन् ।

महासंघको २५औं बार्षिक साधारणसभाबाट बाँकेका कुँवेर रिजाल, शेषकान्त शर्मा, रामचरण बिसी र जीवनाथ सापकोटा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
महासंघको महिला उद्यमी समितिको २२ औं सम्मेलनबाट अध्यक्ष रोशनी उपाध्याय, उपाध्यक्षमा कृष्णा पाठक विजयी भएकी हुन् । देशभरका झण्डै ७ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागितामा भएको बार्षिक साधारणसभाबाट सबै पद सर्वसम्मत चयन गरिएको पाठकले जानकारी दिइन् ।

सम्मेलनबाट कोहलपुर स्थित घरेलु महासंघ नगर समितिलाई उत्कृष्ट शाखा सम्मान पनि गरिएको थियो ।











