महिला दिवसमा ‘दिदी बहिनी’को उत्प्रेरणा

नेपालगन्जमा महिला सशक्तिकरणका लागि उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दिदी बहिनी समाज, नेपालगन्जले ६० बढी सहभागीबीच उत्प्रेरणात्मक कार्यक्रम गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले महिला सशक्तीकरणका लागि महिला, पुरुषको समान सहभागिता हुनुपर्ने बताइन् । उनले महिलाहरुको अर्थपूर्ण सहभागिताका साथै नेतृत्व तहमा महिलाको सहभागिता भएमा मात्र महिलाहरुको सशक्तीकरण हुने धारणा राखेकी थिइन् ।


नेपालगन्ज उपमहानगरपालिकाकी सामाजिक बिकास महाशाखाकी प्रमुख, महिला बिकास अधिकृत शोभा शाहले महिलाहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन जरुरी रहेको उल्लेख गर्दै महिला हक, हितका लागि बनेका ऐन, कानुनहरु अक्षरशः पालना हुनुपर्ने बताइन् ।
गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले महिला सशक्तीकरण सबैको साझा बिषय बन्नु पर्ने बताएको कार्यक्रम संस्थाकी सहसचिव मुना बिष्टले सञ्चालन गरेकी थिइन् ।


कार्यक्रममा संस्थाकी उपाध्यक्ष दिला शाहले स्वागत मन्तव्य, सचिव लुना बुढाथोकी, जिल्ला युवा क्लब सञ्जाल बाँकेका महासचिव हेमराज भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै तपेन्द्र मलाती, हिरा पाण्डे नुर, शिबा शाह लगायतले बिभिन्न रचनाहरु बाचन गरेका थिए ।

महिला माथि हुने सबै प्रकारका हिंसा बिरुद्ध जनचेतना जगाउने र महिला सशक्तिकरणका लागि बिबिध क्रियाकलाप सञ्चालन गर्ने उद्धेश्यले दिदी बहिनी समाज स्थापना गरिएको संस्थाकी अध्यक्ष रमादेबी शाहले जानकारी दिइन् । उनले महिलाहरुको हक, हितका लागि आफु क्रियाशिल रहने जानकारी दिंदै संस्थाले पिछडिएका, पछाडी पारिएका व्यक्तिहरुका लागि बिभिन्न किसिमका कार्यक्रम, अभियानहरु सञ्चालन गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया