बाँके प्रहरीले खजुराबाट एक जनालाई लागुऔषध र हतियार सहित पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका १ बहादुरपुरबाट प्रहरीले रविन्द्र थापालाई पक्राउ गरेको हो । उनीसँग ९० ग्राम ब्राउन सुगर र एउटा पेस्तोल फेला परेको थियो ।
थापा सहित लागुऔषध कारोबारमा संलग्नताको आरोपमा प्रहरीले मनिष थापा र सुरेश मगरलाई पनि पक्राउ गरेको छ ।
उनीहरु आइतबार राती पक्राउ परेका हुन् ।