सन्दर्भ

सामाजिक सदभावको सहर एवं गेट वे अफ कैलास मानसरोवर, नेपालगन्ज र बर्दिया राष्ट्रिय निकुन्जलाई चिनाउने र प्रचार प्रसार गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रम टुर दि ठाकुरद्वारा २०७४ साल बाट सुरु भएको हो यो कार्यक्रम चौथो संस्करण सम्म आइपुग्दा २०० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

विगत ४÷५ वर्ष देखि नै नेपालगन्ज साइक्लिङ क्लबले पर्यावरण, पर्यटन, स्वास्थ र खेलकुदलाई प्राथमिकतामा राखेर नै कार्यहरु गर्दै आइरहेको छ । तराई मधेसमा साइकलको अत्याधिक प्रयोग सवारी साधन कै रुपमा भैरहेको सबैलाई अवगत नै छ । साइक्लिङ क्लबका फाइदा के के छन् त । साइक्लिङ गर्दा हामी स्वस्थ रहन्छौ । जस्तै मधुमेह, पे्रसर कोलस्ट्रोल, ढाड दुख्ने समस्या एवं अन्य रोगहरुबाट पनि बच्न सकिन्छ जस्तो लाग्छ । हाल आएर माउन्टेन बाइकको के्रज बढदै गएको छ । हामी हाम्रा छोराछोरीहरुलाई पनि कमसेकम व्याचलर पढाइ सुरु नहुँदासम्म मोटरबाइक नदिई साइकल चढ्न प्रेरित गर्ने हो भने दुर्घटना पनि कम हुने मेरो बुझाई छ । अहिले हामी मर्निङ्ग वाकका क्रममा विद्यार्थी भाईबहिनीहरुले अत्याधिक गतिका साथ मोटरबाइकमा आवतजावत गरेको देखिन्छ ।

साइकल प्रयोग भयो भने दुर्घटना त न्यूनीकरण त हुन्छ नै । अभिभावकको सवारी साधन खरिदमा लाग्ने आर्थिक बोझ पनि घटनेछ । साइकलको प्रयोगले वातावरणलाई त अवश्य राम्रो हुने नै छ । किनकी साइकल प्रयोग गर्दा फ्युलबाट जस्तो कार्बन उत्सर्ग हुँदैन र हाम्रो वातावरण स्वच्छ हुनेछ । हामीले १ लिटर पेट्रोल प्रयोग गर्दा निस्कने कार्बन उत्सर्गनलाई सफा गर्नका लागि कन्ट्रोल गर्न ५ बटा रुखको अक्सिजनको आवश्यकता पर्दछ तब मात्र हामीले सफा अक्सिजन प्राप्त गर्न सक्दछौ । हामीले साइकलका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि लुकेर रहेका पर्यटकीय गन्तव्यहरुलाई उजागर गर्ने पनि गरेका छौ । जस्तै नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिर, गोर्वधन धाम, बाबा वर्फानी लगायत बाँके र वर्दियाका थुप्रै स्थान रहेका छन् ।

हामी नेपालगन्जमा पनि साइकलको अत्याधिक प्रयोग गर्न चाहान्छौ । विश्वमा एकदिन पनि प्रत्येक मानिसहरुले अरु बाहन छाडेर साइकल मात्र चलाउने हो भने मात्रै कत्तिको फ्युल बच्छ होला, वाताबरण कति स्वच्छ हुन्छ होला त्यो हामी आफै कल्पना गरौं । तसर्थ मैले यस पत्रिका मार्पmत के अपिल गर्न चाहान्छु भने प्रत्येक मानिसहरुले सके साइकल अत्याधिक प्रयोग गरौ सकिन्न भने पनि कम्तीमा हप्ताको १ दिन साइकलको प्रयोग गर्न अनुरोध गर्दछु । अरु वाहन प्रयोग नगरौ । यो त्यति गाह्रो पनि छैन किनकी मेरो परिवारमा हामी ३ जना छौ । सवैले फरक फरक दिन साइकल प्रयोग ग¥यो भने एउटै साइकलले भैहाल्छ महंगो पनि परेन । मैले पनि यो प्रयास गरे तर हामी माझ धेरै समस्याहरु छन् । समस्या के छन् त हामी चोक, बजार, बैक, कलेज, सरकारी अफिस, अस्पताल कही कतै जाँदा हाम्रा साइकलहरु सुरक्षित हँुदैनन् र हाल बजारमा साइकलको चोरी पनि अत्याधिक बढेको छ । मोटरबाइक को त चोरी हुन्छ भने साइकलको त कुरै नगरौ ।

तसर्थ हाम्रो के माग छ भने सरोकारवाला निकायहरु स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र उद्योग वाणिज्य संघले प्रत्येक चोकचोकमा बैकमा अस्पतालमा सरकारी कार्यालयहरुमा कलेज लगायतका स्थानहरुमा सि.सि. क्यामरा जडित लकिङ्ग सिस्टम भएको साइकल पार्किङ्ग सेड निर्माणमा पहलकदमीका लागि हार्दिक अपिल गर्दछु । त्यसो भयो भने हामी जस्तै साइकलेहरु लाभान्बित हुने थिए र साइकल पनि सुरक्षित र ढुक्क साथमा साइकल प्रयोग गर्न सकिने थियो जस्तो लाग्छ । सरोकारवालाहरुले ईच्छाशक्ति देखाए भने त्यति महंगो पनि छैन । सजिलै हुन सक्नेछ । पुन म सरोकारवाला निकायहरु स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र उद्योग वाणिज्य संघहरुसंग यो व्यबस्था मिलाई दिनुहुन हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया

प्रतिक्रिया