सामान्यतया मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागी ब्यक्तिगत वा सामुहिक रुपमा कार्य गर्ने ब्यक्ति मानव अधिकार रक्षक हुन । मानवअधिकार रक्षक को हुन भन्ने बारेमा निश्चित परिभाषा छैन । कुनै पनि ब्यक्तिको कुनै पद वा कुनै संगठनसंग निजको आवद्धताले भन्दा पनि निजले मानव अधिकारको पक्षमा गर्ने कामको प्रकृतीले निजलाई मानव अधिकार रक्षकका रुपमा चिनाउने गर्दछ ।

मानव अधिकारकर्मीको शब्दावली जोडीएकै आधारमा कुनै ब्यक्ति मानव अधिकार रक्षक हुन सक्दैन । मानव अधिकार रक्षक त्यो ब्यक्ति हुन सक्दछ जसले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा प्रत्यक्ष वा परोक्ष रुपले योगदान पु¥याएको होस । कुनै मानव अधिकारवादी संस्थामा तलवी रुपमा काम नगरेको ब्यक्ति पनि स्वस्फूर्त रुपमा मानव अधिकारको प्रवद्र्धन र संरक्षण गर्ने गतिबिधिमा लागेको छ भने त्यो ब्यक्ति मानवअधिकार रक्षकको परिभाषा भित्र पर्दछ । मानव अधिकारका पक्षमा उसले गर्ने काम र कारवाहीले उ मानव अधिकार रक्षक हो होईन भन्ने कुराको निर्धारण गर्ने गर्दछ ।

आफ्ना दैनिक कार्यहरुमा कुनै न कुनै हिसावले मानव अधिकारको संरक्षण र सम्बद्र्धनका कार्यमा संलग्न ब्यक्तिहरु मानव अधिकार रक्षक हुन । यसै गरि अधिकारमुखि कार्य गर्ने जुनसुकै ब्यक्तिहरु, अधिकारवादी संस्थामा काम गर्ने ब्यक्तिहरु, मानव अधिकारका बिषयमा कलम चलाउने पत्रकारहरु, अधिकारका लागी वकालत गर्ने कानून ब्यवशायीहरु, महिला अधिकारका लागी आवाज उठाउने महिलाहरु, अलग क्षमता भएका र तेश्रो लिङ्गीको अधिकारका पक्षमा काम गर्ने ब्यक्तिहरु, शिक्षा दिने शिक्षकहरु, स्वास्थकर्मीहरु, पीडितको न्याय र अधिकारको संरक्षणमा काम गरेका प्रहरी कर्मचारीहरु लगायत जुन सुकै तवरबाट मानव अधिकारको क्षेत्रमा काम गर्ने ब्यक्तिहरु मानव अधिकार रक्षक हुन । यस्ता ब्यक्तिहरुले राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक लगायतका अधिकारहरुको सुनिश्चित गराउन, मानव अधिकार उल्लघंनका घटनाहरुको अनुगमन, अनुसन्धान लगायत पीडितहरुका पक्षमा वकालत गर्ने, पीडितको न्यायका लागी पैरवी गर्ने कार्यहरु गरेका हुन्छन् ।


कुनै पनि ब्यक्ति मानव अधिकार रक्षक हो की होइन भनी जाँच्ने मुख्य आधार भनेको निजले मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागी काम गरेको छ कि छैन भन्ने नै हो । निश्चित योग्यताको आधारले कुनै ब्यक्ति मानव अधिकार रक्षक बन्ने भन्दा पनि उसले गरेको कामले निज मानव अधिकार रक्षक हो वा होईन छुट्याउने गर्दछ । तर यसो भनी रहदा कुनै ब्यक्ति मानव अधिकार रक्षकको रुपमा काम गर्नका निम्ति सम्बन्धित बिषयबस्तुमा गहिरो जानकारी, ज्ञान, सीप हासिल गर्न सकेको खण्डमा त्यसले आफ्नो कार्यक्षेत्रमा काम गर्नमा भने अवश्य सहजता ल्याउने गर्दछ ।


मानव अधिकार रक्षकको मुख्य पेशागत धर्म भनेको आफ्नो कार्यक्षेत्रमा पेशागत मुल्य र मान्यता कायम राख्दै निश्पक्ष र तटस्थ भै मानव अधिकारको क्षेत्रमा कार्य गर्नु हो । मानव अधिकार रक्षक हुँ भन्दै औपचारिक फौजदारी न्याय प्रणालीबाट अगाडी बढाईनु पर्ने घटनालाई कानूनी प्रक्रियामा लैजान सहयोग पु¥याउनुको सट्टा आर्थिक लेनदेनमा मध्यस्थता गर्न पीडितलाई प्रोत्साहित गर्नु, त्यस वापत आर्थिक लाभ प्राप्त गर्नु, बिभिन्न प्रकारले सुराकीको कार्य गर्नु, पीडितको मंजुरी बेगर तथ्यहरु सार्वजनिकरण गरि दिई गोपनियता भंग गरि दिनु, पीडितलाई अनावश्यक आश्वासन र प्रलोभन दिनु पनि मानव अधिकार रक्षकका ब्यवसायिक मर्यादा र धर्म बिपरितका कार्यहरु हुन । यस्ता कार्यले निश्चय नै मानव अधिकारकर्मीको गरिमा र मर्यादा घटाउने र जोखिम र चुनौतीको मात्रा बढाउने कार्य गर्दछ । मानव अधिकारकर्मी भन्दैमा कुनै पनि ब्यक्ति कानून भन्दा माथी हुन सक्दैन ।


सत्ता र शक्तिमा रहेका राज्य पक्षबाट मानव अधिकार उल्लघंन हुने भएकाले उनीहरुको बिरुद्ध र पीडितको पक्षमा आवाज उठाउनु सजिलो बिषय होइन । मानव अधिकार रक्षकहरु दुई कारणले जोखिम पर्ने गर्दछन् । पहिलो मानव अधिकारकर्मीहरु बिशुद्ध रुपमा मानव अधिकारको क्षेत्रमा काम गरे वापत पीडक पक्षबाट जोखिम र चुनौतीको शिकार हुने गर्दछन भने दोश्रो पेशागत मुल्य र मान्यता बिपरित गैर कानूनी अपराधिक क्रियाकलापमा संलग्नता हुँदा जोखिममा पर्ने गर्दछन् । मानव अधिकार रक्षकहरु पीडितका पक्षमा वकालत गर्ने भएकाले यस कार्यले प्रत्यय रुपमा अपराधमा संलग्न पीडकलाई असर पार्ने हुँदा उनीहरुले बिभिन्न रुपमा अधिकारकर्मीलाई हतोत्साहित तुल्याउने, गाली गलौज गर्ने, धम्काउने र ज्यान मार्ने सम्मका कार्यहरु गर्ने गर्दछन् ।

बिगत सशस्त्र द्धन्द्धकालमा मानव अधिकार रक्षकले द्धन्द्धरत दुवै पक्षबाट जोखिम र चुनौतीको सामाना गर्नु परेको थियो । कतिपय अवस्थामा राज्य पक्षले माओवादी पक्षधरको आरोप लगाउने गथ्यो भने बिद्रोही पक्षले सरकारी पक्षको सुराकी गर्ने ब्यक्तिको रुपमा पनि चित्रित गर्ने गरेका थिए । यस क्रममा बिभिन्न प्रकारका अवरोध, हैरानी, अनावश्यक सोधखोज, आवागमनमा बाधा अडचन, धम्की, गाली गल्लौज गर्ने, फिल्डमा जादा त्रसित पार्ने, बन्दुक पड्काउने, क्यामेरा लगायतका सामाग्री खोस्ने, सुचनामा पहुँच नदिने प्रर्यन्त पनि भएका थिए ।

बर्तमान अवस्थामा पनि मानव अधिकारक्षकहरु पुर्ण रुपमा सुरक्षित हुन सकेको अवस्था छैन । देशमा दण्डहिनता ब्याप्त छ । कतिपय अवस्थामा सत्ता र शक्तिको आडमा कानूनी राजको खिल्ली उडाउने कार्य भएका छन् । अपराधमा राजनीतिकरण मौलाउदो छ । राजनीतिको प्रभाव हरेक क्षेत्रमा परेको बर्तमान अवस्थामा अधिकारकर्मीहरुलाई काम गर्न त्यति सहज छैन । पीडितको पक्षमा मानव अधिकार रक्षकले वकालत गर्ने भएकाले अधिकारकर्मीका कार्य त्यसै पनि चुनौतीपुर्ण छन् । पीडितको पक्षमा वकालत गर्दा निश्चयनै त्यो सत्ता र शक्तिमा रहेको आरोपित पीडकलाई पदिय र आचरणगत दुवै हिसावले असर पु¥याउने हुँदा उनीहरु अधिकारकर्मी प्रति बढी आक्रोसित हुने गर्दछन् । जसका कारण उनीहरु उपयुक्त अवसर पाउना साथ अधिकारकर्मीलाई बिभिन्न हिसावले शारिरीक तथा मानसिक क्षति पु¥याउने सम्मका कार्यहरु पनि गर्न सक्दछन् ।

कसैको मानव अधिकारको संरक्षण र संम्बद्र्धनको लागी कार्य गर्नुको अर्थ निजले गरेको अपराधिक र गलत बिचारलाई समर्थन गर्नु कदापी होईन । अपराधमा सजाय हुने बिषय र मानवअधिकारको बिषय बिल्कुल फरक बिषय हुन । अपराधी नै भए पनि उसले मानवताका नाताले प्राप्त गर्ने अधिकारबाट निजलाई बन्चित गर्न मिल्दैन । यसैको वकालत गर्दा कतिपय अवस्थामा अधिकारकर्मीहरु जोखिममा पर्ने गरेका हुन्छन् ।

मानव अधिकारको बिश्वब्यापी घोषणापत्र जारि भएको पचासौ बर्षका अवसरमा सन् १९९८ मा संयुक्त राष्ट्र संघको महासभाले सदस्य राष्ट्रहरुको मतैक्यमा मानव अधिकार रक्षक सम्बन्धि घोषणापत्र पारित गरेको थियो । मानव अधिकार रक्षकका संरक्षणका लागी राष्ट्रिय, अन्तराष्ट्रिय संयन्त्र र केही कानूनी ब्यवस्था भए पनि यसले मानव अधिकार रक्षकको पुर्ण संरक्षण गर्न सकेको छैन ।
अन्तमा मानव अधिकार रक्षक ब्यवशायिक भएर काम गर्नु पर्ने कुरामा कुनै दुईमत छैन । पेशा ब्यवशाय गर्ने जो कोही पनि आफ्नो भुमिका प्रति आफ्नो काम प्रति उत्तरदायी हुनै पर्दछ । तर अरुको अधिकारको वकालत गर्ने अधिकारकर्मीहरु नै जोखिममा परे भने आवाज बिहिनहरुको आवाज कहिले उठाई दिने ? शक्तिमा रहेकाहरु बिरुद्ध कसले बोल्ने ? मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व बोकेको मानव अधिकार आयोग आफैले सहज तरिकाले काम गर्ने वातावरण भएन भने अन्य संघ सस्थाले कसरी काम गर्ने ? मानव अधिकार सबैको सरोकारको बिषय भएकाले मानव अधिकार रक्षकका काम कारवाहीमा सहयोग गर्नु, मानव अधिकार उल्लघंनका घटनाको अनुगमन र अनुसन्धानमा सहयोग पु¥याउनु सवैको कर्तब्य र दायित्व रहनु पर्दछ । मानव अधिकार रक्षकको सुरक्षा र सुचना संकलनमा सहज पहुँचको ब्यवस्था मिलाईनु पर्दछ ।


मानव अधिकारको पक्षमा, कानूनको पक्षमा, पीडितको न्यायको पक्षमा र दण्डहिनताको बिपक्षमा आवाज उठाउने मानव अधिकार रक्षकका कार्यमा सहयोग पु¥याउनु सबै सरोकारवाला निकायको दायित्व र जिम्मेवारी पनि हो । मानव अधिकार रक्षकका चुनौती र असुरक्षालाई न्यूनिकरण गर्न मानवअधिकार रक्षकले जुनसुकै अवस्थामा पनि मानव अधिकार सम्बन्धि राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी प्रावधानहरुको उच्च सम्मान गदै आफ्नो कर्तव्य, मुल्य मान्यता र आचारसंहितालाई ख्याल राख्दै आफ्नो ब्यवशायिक धर्म निर्भाह गर्नु पर्दछ । यसै गरि आम नागरिकको आधारभुत मानव अधिकार संरक्षणमा काम गर्ने अधिकारकर्मीको सुरक्षाका लागी उचित कानूनी ब्यवस्था र संयन्त्र निर्माण गरि कार्यान्वयमा ल्याउन पनि उत्तिकै जरुरी छ ।
ड्ड लेखक अधिकारकर्मी हुन ।

प्रतिक्रिया

प्रतिक्रिया