सोमबार एमसीसीको विरुद्धमा विभिन्न पार्टीले आयोजना गरेको बन्दका क्रममा बाँकेमा ९ जना पक्राउ परेका छन् ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले नेपालगन्जमा बन्द गराउँदै हिडेका ८ र कोहलपुरबाट १ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।
‘पक्राउ परेका सबैलाई सोमबार साँझ छाडिएको छ’, प्रवक्ता न्यौपानेले भने । उनले बन्दकर्ताले क्षति नपुर्याउन् भनेर दिनभर प्रहरी परिचालित भएको जानकारी दिए ।